इटहरीः सप्तकोशीमा पानीको बहाब उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लामाे समयकाे अन्तरालपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको हो । ब्यारेजमा रहेको कन्ट्रोल शाखाका अनुसार भारतीय पक्षले सबै ढोका खोलेको हो ।
यसअघि कहिल्यै पनि सबै ढोका खोलिएको थिएन । आज बिहान ६ बजेको मापन अनुसार अहिले सप्तकोशीमा पानीको बहाब ३ लाख १६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । हिजो साँझ सप्तकोशीमा पानीको बहाब ३ लाख ३८ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको थियो ।