सुनसरीः सप्तकोशी ब्यारेजमा देखिएको खतरा विस्तारै न्युन हुँदै गएको सुरक्षाअधिकारीले बताएका छन् । विहान ८ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाब विहान २ लाख ९० हजार ३ सय ४० क्वीसेक प्रतिसेकेण्ड रहेको छ ।

यो मापन हिजो रातीको भन्दा निकै कम हो । हिजो राती १२ बजेको समयमा ३ लाख ८० हजार सम्म पानीको बहाव पुगेको कोशी ब्यारेज सुरक्षा इकाइका प्रमुख असइ इश्वरी दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो ब्यारेजका सबै ५६ ओटै ढोका खोलिएपनि अहिले १६ ढोका बन्द गरिएको छ । उनका अनुसार ब्यारेजको ढोकामा माटो जमेका कारण भारतीय पक्षले सबै ढोका खोलेको हो । ब्यारेजको सम्पुुर्ण सुरक्षा भारतीय पक्षले गर्दछ ।