विराटनगरः प्रदेश १ सरकारले प्रदेशमा बाढी र पहिरोमा परि ज्यान जाने परिवारलाई जनही दुई लाखको दरले सहयोग गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले बिपत्तमा घाइते भएकाहरूलाई निजी अस्पतालमा उपचार गरे पचास हजार र सरकारी अस्पतालमा उपचार गरे निःशुल्क उपचार खर्च गर्ने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिपत्तमा पीडितहरूको खोजी, उद्धार, राहत र पुनःस्र्थापनामा समेत प्रदेश सरकार सक्रिय हुने बताए ।

शनिवार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियैतले कोसीको कन्ट्रोल रूपमै पुगेर बहाव बारेमा जानकारी लिएका थिए । उनीहरूले कोसी पीडितहरूसँग कुराकानी गरेर घटनाको स्थलगत जानकारी समेत लिएको आन्तकिर मामिला मन्त्रीका निकटतम सहयोगी रवि खनालले जानकारी दिए ।

pradesh 1 ministers with flood victims of provbince 1 pradeshportal.com