इटहरी: लोकसेवाले विभिन्न जाती, लिङ्ग, क्षेत्र र समुदायकालागि दिनुपर्ने ४५ प्रतिशत कोटा नदिएको भन्दै आदिवासी जनजाति महासंघ सुनसरीले सिठी जुलुस निकालेको छ। आज साँझ साढे पाँच बजेपछि इटहरी चोकबाट निकालिएको सिठी जुलुस इटहरी उपमहानगरपालिका प्रवेश गरेर समापन भएको नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए।
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको निर्णय अनुसार सुनसरीमा सिठी जुलुस गरिएको अध्यक्ष राईले बताए। सुनसरीका इटहरी, धरान, इनरुवा, बराहक्षेत्र र रामधुनी क्षेत्रमा सिठी जुलुस गरेको अध्यक्ष राईले बताए।
आरक्षणको मागमा आइतबार मसाल जुलुस र आज सिठी जुलुस निकालेको महाससंघले सावन २ र ९ गते नेपाल बन्द गर्ने पूर्व घोषणा गरेको छ।