लेटाङः लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौला नेतृत्वको टोलीले नगरसभा बहिष्कार गरेको छ ।

गत असार १० गते पेश भएको नीति तथा कार्यक्रम पारित गराउनका लागि बोलाइएको नगरसभा बहिष्कार गरिएको हो । नगरपालिकाका मेयर शङ्कर राईले बहुमतको दम्भ देखाएका कारण नगरसभा बहिष्कार गरेको उपमेयर निरौलाले बताइन् ।

लेटाङमा मेयरले काङ्ग्रेसबाट जितेका हुन् भने उपमेयर नेकपाबाट विजयी जनप्रनिनिधि हुन् । मेयरसँग बहुमत भएकाले विषयगत समितिमा छलफल नै नगरी बजेट ल्याएको तथा उपमेयरको अधिकार कटौती गर्न खोजेको नेकपाका जनप्रतिनिधिको आरोप छ ।

नीति तथा कार्यक्रम बहुमतले पारित भएको मेयर राईले बताए ।