पथरीः मोरङको पथरीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।

घाइतेमध्ये बसका सह चालक कानेपोखरी–३ का ३१ वर्षीय टीकाराम थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको प्रहरीले जनाएको छ । अर्का एक जनाको घटनास्थालमै मृत्यु भएको थियो उनको हालसम्म सनाखत हुन सकेको छैन।

ठक्कर खाएर अनियन्त्रित भएको यात्रुवाहक बस सडक किनारमा पल्टिँदा बसमा च्यापिएर उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले बताए ।

उनको शव हाल पोष्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पतालमा राखिएको छ भने उनको साथबाट ३० रुपैयाँ नगदबाहेक अन्य कुनै परिचय खुल्ने प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।