पथरीः मोरङको पथरीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा घाइते हुनेको पथरी र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हेर्नुहोस् घाइतेको कुन अस्पतालमा उपचार भइरहेको छ, नामसहित ।
नोबेल अस्पताल विराटनगरमा उपचाररत घाइतेहरू
मोरङको कानेपोखरी–४ की ५० वर्षीया खिनमाया लिम्बू र झापाको हल्दीबारी–२ का पिकअप चालक २३ वर्षीय नवीन आचार्यको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आचार्यको टाउको र बायाँ खुट्टामा चोट लागेको छ ।
त्यस्तै, नोबेलमै उपचार गराइरहेकामा कानेपोखरी–३ का ५७ वर्षीय मित्रबहादुर दहाल र प्रवीण दाहाल, उर्लाबारी–३ की १४ वर्षीया अविषा खतिवडा र ५ वर्षीया अभिना खतिवडा छन् । झापाको दमक– ८ की १३ वर्षीया प्रवीणा भट्टराईको पनि नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
न्युरो अस्पताल विराटनगरमा उपचाररत घाइते
कानेपोखरी–३ की ६० वर्षीया दुर्गादेवी बस्नेतको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने उनको टाउको र बायाँ हातमा चोट लागेको अस्पतालले जनाएको छ ।
त्यस्तै, कानेपोखरी–३ की ७ वर्षीया आयुषा बस्नेत, पथरीशनिश्चरे १ का ९ वर्षीय उत्सव कार्की, कानेपाखरी–४ का ४६ वर्षीय लक्ष्मी दाहाल, झापााको कमल गाउँपालिका–६ की ६४ वर्षीया भीमादेवी लोहनीको पनि न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ डाइनेष्टिक अस्पताल पथरीमा उपचाररत घाइते
सामान्य घाइते भएका ८ जनाको पथरीको मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ ।
कानेपोखरी– ३ का तारा लिम्बू र अभिषेक राई, कानेपोखरी– ५ का कविसा दाहाल, कानेपोखरी– ४ का नगेन्द्र कार्की र शरणबहादुर कार्की, पथरीशनिश्चरे–५ की सीता खतिवडा र पथरीशनिश्चरे–८ का धनमाया दाहाल र रिजन दाहालको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
पथरी अस्पतालमा उपचाररत घाइतेहरू
सामान्य घाइते भएका अन्य ७ जनाको पथरी अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १ जना उपचारपछि घर फर्किएका छन् ।
सो अस्पतालमा उपचार गराइहेकाहरूमा पथरीशनिश्चरे– ४ का ८७ वर्षीय निर्मल गिरी, पाँचथरको थर्पु गाउँपालिका–४ की ५५ वर्षीया मदनकुमारी चापागाईँ, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ का १० वर्षीय अभिषेक कार्की र ५७ वर्षीय श्याम कार्की रहेका छन् ।
त्यस्तै, कानेपोखरी ४ का ७७ वर्षीय प्रेमबहादुर कार्की, बिर्तामोड–४ का ४० वर्षीय जीवन बराइली र पथरीशनिश्चरे– १० का गणेश बिकको पनि पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।