इटहरीः आज बिहान पथरीमा भएको दुर्घटनामा घटनास्थलमै मृत्यु हुने युवकको पहिचान खुलेको छ ।

उनी मोरङको सुन्दरहरैंचा– १२ का २५ वर्षीय दिनेश अधिकारी भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी सोही बसका सहचालक कानेपोखरी–३ का टीकाराम थापाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

त्यस्तै, मोरङको उर्लाबारी– ४ की ८० वर्षीया इन्द्रमाया गुरुङ उपचारपछि घर फर्केकी छिन् । घाइते अन्य २६ जनाको विराटनगर र पथरीमा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।