इटहरी: लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएकाहरूलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै आदिवासी जनजाति प्रदेश १ समन्वय समितिले प्रदेश बन्द गर्ने भएको छ।

सावन ४ गते लोकसेवाले संविधानले दिएको आरक्षण लागु गर्नुपर्ने माग गर्दै प्रदेश १ बन्द गर्ने महासंघ प्रदेश १ समन्वय समितिका अध्यक्ष ध्रुव सुब्बाले बताए।

संघीयताको मूल मर्म र समानुपातिक समाबेसी सिद्धान्त विपरीत प्रकाशित गरिएको लोकसेवा आयोगको असमाबेसी विज्ञापनका विरुद्ध आन्दोलन गरिने सुब्बाले बताए।

"आरक्षण बचाऔँ आन्दोलन" नाममा आन्दोलन जारी गरिने महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। ४ गतेको लोकसेवाको प्रदेश १ को धनकुटामा मुख्य परीक्षाहरू भएकोले ४ गते बन्द गरिएको राईले बताए। ४ गतेको बन्द अगाडि ३ गते प्रदेश १ का विभिन्न स्थानमा जनप्रदर्शन र कोणसभा गरिने राईले बताए।

aadiwaasi janajaati pradesh 1 pradeshportal.com