विराटनगरः विषादी सम्बन्धी कानुन र यसको कार्यन्वयन विषयमा सरोकारवालाबिच छलफल भएको छ । प्रचलित विषादी कानुनले बढ्दो समस्यालाई सम्बोधन नभएको भन्दै संसद्मा पेस भएको प्रस्तावित ऐनलाई पासपश्चात् पुुर्ण पालना गर्न सरोकारवाला एकजुट भएका हुन् ।

साउथ एसिया वाच अन ट्रेड  इकाेनाेमिक्स एण्ड इन्भ्याराेमेन्ट (सावती), उपभाेक्ता हित संरक्षण मन्च प्रदेश एक समिति,  क्वारेन्टाइन कायर्लय विराटनगर र क्षेत्रीय गुण नियन्त्रण कार्यालय विराटनगरले अायाेजना गरेकाे कार्यक्रममा सावतीका कार्यकारी निर्देशक डाक्टर धुर्वेशचन्द्र रेग्मीले याे विषयकाे व्यवस्थापन एेन कानुन बनाइ सकेपछि मात्र व्यवस्थित हुनसक्ने उल्लेख गरे । 'जब सम्म एेन कानुन तर्जुमा र संरचनाकाे िवकास हुँदैन तब सम्म हामी सबै लाग्नुपर्छ ।' उनले भने ।

प्रदेश एकका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्त विष्टले ऐन जारी भएपश्चात् त्यसले व्यवस्था गरेका कुरालाई लागु गर्न सरकार तयार रहेको जानकारी दिए । उनले बढ्दो जनगुनासो आएको बुझेको भन्दै विषादीरहित फलफुल र तरकारी बनाइ जनतालाई स्वस्थ बनाउने अभियानमा प्रदेश सरकार रहेको समेत जानकारी दिए । उनले त्यसका लागि आफूले तयारी थालेको भन्दै प्राविधिक रूपले समेत प्रदेश सरकार मजवुद हुँदै गएको बताए ।

वाणिज्य कार्यालय विराटनगरमा प्रमुख हिमालय बरालले सामान आयात गर्दा स्रोतबाटै आएका सामाग्रीको पनि परीक्षण आवश्यक रहेको उल्लेख गरे । उनले सामान आयात कर्ता र बिक्रेताले विषादी मापनको अवस्थामा गलत गरेको भेटिए प्रचलित कानुन बमोजिम आफैआफ कार्यवाहक गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाले आफ्नो प्रयोगशालामा आएका मध्ये अधिकांश नमुनालाई सहज परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले आफ्नो क्षेत्राधिकार भित्र रहेका विषयलाई जोडतोडका साथ नियमन र अनुगमन गर्ने गरेको बताए ।

67281834_2345272712246608_3070824105365209088_n
प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरमा प्रमुख अरुण कुमार घिमिरेले आफ्ना कार्यालयले बिरुवाको रोग परीक्षण मात्र गर्ने हुँदा विषादी परीक्षण गर्ने अधिकार नदिइएको बताए । ऐनले तोकेको विषयमा विषादी पर्दैन उनले भने कानुनले गर्न नभनेको कुरा हामीले गर्न मिल्दैन ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कानुनको अभावको कारण विषादी जस्तो हानिकारक वस्तु मिसावट भइरहेको देख्दा देख्दै पनि आफुुले खान बाध्य भएको बताए । स्पष्ट कानुन र सो कानुनको अभावमा देखिएको यो जटिलतालाई फुकाउन संसद्मा पेस भएको प्रस्तावित विषादी सम्बन्धी कानुन पास हुनु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बताए । साथै उनले अायाेजकहरूले तर्जुमा गरेकाे जीवनाशक विषादी नियावमवलीकाे मस्याैदामाथि छलफल गरे ।
सो कानुनको प्रस्तावित प्रावधानको विषयमा उपभोक्ता, वाणिज्य क्षेत्रका व्यक्ति, पत्रकार, सरकारी नियकाका व्यक्ति लगाएतसँग छलफल भएको थियो ।

67635493_1040423336162018_2699335375863676928_n