धनकुटाः धनकुटाको लावरबोटे र फलामेटारमा झरेको पहिरो पन्छाएपछि अहिले साढे ५ बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुन थालेका छन् ।

एकतर्फी सवारी साधन सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पुनः बाटो अवरुद्ध हुन सक्ने प्रहरीले बताएको छ ।