बेलबारीः तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएर नेकपा बनेको लामो समयपछि मोरङका स्थानीय कमिटी गठन हुन थालेका छन् ।

१७ ओटा स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकाबाहेक अन्यमा अध्यक्ष र सचिव चयन भएका छन् । शनिबार बसेको नेकपा जिल्ला कमिटी मोरङको बैठकले अध्यक्ष र सचिव चयन गरेको हो केराबारी, बेलबारी, लेटाङ, बुढीगंगा, जहदा, रंगेली र सुनवर्षीको नेतृत्व पूर्व नेकपा माओवादीले पाएको छ ।

मिक्लाजुङ, उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरी, सुन्दरहरैंचा, ग्रामथान, कटहरी, धनपालथान र रतुवामाईको नेतृत्व पूर्व नेकपा एमालेको भागमा परेको छ ।

केराबारी गाउँपालिकामा रामबहादुर कार्की अध्यक्ष बनेका छन् भने जङ खवास सचिव भएका छन् । लेटाङमा कृष्णप्रसाद लम्साल अध्यक्ष बनेका छन् भने दिल्ली बिक सचिव छानिएका छन् ।

मिक्लाजुङमा नरेन्द्र ढुङ्गेल अध्यक्ष र दिनेश पौडेल सचिव बनेका छन् । उर्लाबारीमा अग्नि भट्टराई अध्यक्षमा र पदम राई सचिवमा छानिएका छन् ।

पथरीशनिश्चरेमा अध्यक्ष मोहन तुम्बापो र सचिव बालकुमार मगर भएका छन् । कानेपोखरीमा अध्यक्ष भोला अधिकारी र सचिव मनोज राजवंशी चुनिएका छन् ।

बेलबारीमा अध्यक्ष परशुराम सुवेदी र सचिव रविन थापा बनेका छन् भने सुन्दरहरैंचाको अध्यक्षमा केदारप्रसाद गुरागाईं र सचिवमा दुष्यन्त भट्टराई चयन भएका छन् ।

ग्रामथानमा अध्यक्ष कुमार आचार्य र सचिव रमेशकुमार भगत भएका छन् । कटहरीमा अयक्ष जीतनारायण सरदार र सचिव योगेन्दर यादव बनेका छन् ।

जहदामा अध्यक्ष राजकुमार यादव र सचिव धर्वेन्द्र राजवंशी बनेका छन् । धनपालथानमा अध्यक्ष शुकदेव यादव र सचिव श्रवण पासवान भएका छन् ।

रङ्गेलीमा अध्यक्ष दलबहादुर बस्नेत र सचिवमा अनिलकुमार पोखरेल चुनिँदा सुनवर्षीमा अध्यक्ष जयन्त दास र सचिवमा वर्तलाल राजवंशी चुनिएका छन् ।

रतुवामाईको अध्यक्षमा शिवनारायण राजवंशी र सचिवमा पुष्प कार्की मनोनित भएका छन् । बुढीगंगामा डिल्ली आचार्य अध्यक्ष र ध्यानचन्द्र चौधरी सचिव भएका छन् ।