विराटनगरः आइतबार विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा एक सेवाग्राही चिकित्सक खोज्दै आकस्मिक कक्षमा पुगे । १२ बजे बहिरङ्ग सेवाका लागि पुर्जा बोकेर पुगेका उनी त्यहाँ आफुुले खोजेको चिकित्सक नभेटेपछि आकस्मिक विभागका इन्जार्च रघुुनन्दन अधिकारीसँग कुरा गरिरहेका थिए ।


पछि बुझ्दा थाहा भयो उनी त सङ्घीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुगमन अधिकृत रहेछन् । जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव अनुसन्धान अधिकृत बनेर आइतबार कोसी अञ्चल अस्पतालको छड्के जाँचमा आएका थिए । उनी अस्पताल पुग्दा आश्चर्यजनक दृश्य देखियो ।
अस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन् । बहिरङ्ग सेवामा रहेको अधिकांश चिकित्सक कार्यालय बाहिर थिए ।
भरपर्दो स्वास्थ्य सेवा नभएको गुनासो बढिरहेको बेला सरकारी सेवा लिएर निजी क्लिनिकमा धाउने गरेको उजुरी आएपछि मन्त्रालयले विशेष टोली पठाएको बताएको छ । सोहिअनुसार कोसी अञ्चलअस्पतालमा गरिएको छड्केले गुनासो सही साबित गरिदिएको हो ।

‘म यहाँ स्वास्थ्य मन्त्रीको निर्देशन अनुसार अनुगमन गर्न आएको हुँ ।’ उनले भने मैले जे देखे त्यो प्रतिवेदन बुझाएर पठाउनेछु । बाँकी कारबाही मन्त्रालयको तर्फबाट हुन्छ ।’

स्वास्थ्य मन्त्रीको निर्देशनमा देशभरका सरकारी अस्पतालमा यस्ता टिम परिचालन गरिएको अनुगमन अधिकृत यादवले जानकारी दिए ।
कोसी अञ्चल अस्पतालमा दैनिक औसतमा १२ सय बिरामी आउने अस्पतालप्रशासनले जानकारी दिएको छ । तर समयमा चिकित्सक नभेटिँदा बिरामी निराश भएर निजी क्लिनिकमा जान बाध्य हुुन्छन् ।

अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सकको मात्र सरकारी दरबन्दी हुँदा अस्पतालमा १० जना मात्र चिकित्सक छन् । बाँकी चिकित्सक अभावलाइ विभिन्न स्रोतबाट पुर्ति गरिएको मेडिकल सुपरिटेन्डेन्ट रोशन पोख्रेलले जानकारी दिए । उनकाअनुसार केही विभागमा त चिकित्सक नै छैनन् भने बाँकी केही विभाग समेत चाँडै चिकित्सकविहीन हुने अवस्थामा रहेका छन् ।

भएका चिकित्सकसमेत बिदामा रहेका र केही कार्यालय समयमा नआए उनले स्वीकारे । तर, जति भने पनि समयमा नबसिदिँदा आफु दिक्दारीमा रहेकाे बताए । उनले मन्त्रालयले अनुगमन गरेर राम्रो गरेको भन्दै कारबाही गरे आफुुलाई समेत सहज हुने दुखेकाे पाेखे ।