विराटनगरः मोरङमा सर्पले डसेका बिरामीको चाप बढ्दो अवस्थामा रहेको छ । गत वैशाख देखि साउन पहिलो सातासम्म विराटनगरको कोसी अञ्चल अस्पतालमा ४ सय बिरामी उपचारका लागि आएका छन् । ती मध्ये ३८ लाई अन्य अस्पाल रेफर गरिएको छ भने दुइटा जनाको अस्पतालमै ज्यान गएको छ ।
यो तथ्याङ्क अघिल्लो साल भन्दा करिब २५ प्रतिशतले बढी रहेको अस्पतालले जानकारी दिएको छ । वर्षाका कारण आएको बाढीले गर्दा जमिनमुनि रहने सर्प मानिसको बस्ती भित्र छिर्ने गरेका गर्छन् । जसको प्रत्यक्ष जोखिममा बालबालिका र वृद्ध हुने गरेका छन् ।
अझै पनि घरेलु उपचार र धामी झाँक्रीको भर पर्ने गरेको देखिएको छ । कोसी अस्पतालमा ढिला उपचारका लागि आएको सर्प डसाइका दुइटा बिरामी धामी झाँक्रीको भर पर्दा उपचार सम्भव नभएको अधिकारीले बताएका छन् ।