इटहरीः २५ औँ विश्व आदिवासी दिवसको अवसरमा इटहरीमा आयोजना हुने कार्यक्रममा दीपक लिम्बु र प्रितम आचार्यले सँगै प्रस्तुति दिने भएका छन् । नेपाल र भारतका चर्चित रियालिटी सोका दुई विजेता स्टार गायकहरू पहिलोपटक इटहरीमा सँगै देखिने भएका हुन ।

नेपाली ताराका विजेता तथा नेपालका चर्चित गायक दीपक लिम्बु र प्रसिद्ध भारतीय रियालिटी सो सारेगामा लिल च्याम्प्सका सेकेन्ड रनर अप प्रितम आचार्यले एकै स्टेजमा प्रस्तुति दिने भएका छन् ।

शुक्रवार दिउँसो बाह्र बजेपछि हुने आदिवासी जनजाति महासंघ इटहरीले इटहरी मेडिकल अगाडि आयोजना गरेको कार्यक्रममा यी दुई गायकको निःशुल्क प्रस्तुति हेर्न पाइने भएको छ ।

 कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो हुने नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष कर्ण विक्रम लिम्बुले बताए । लिम्बुका अनुसार कार्यक्रममा लोकसेवाको आरक्षण देखी आदिवासी जनजातिका मुद्धाहरुमा वक्ताहरूले बोल्नेछन् ।

सन १९९४ बाट संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको अजस्ट ९ लाई विश्व आदिवासी जनजाति दिवस मनाउने घोषणा गरेको थियो ।