इटहरीः इटहरीका व्यापारीको छाता संस्था उद्योग वाणिज्य सङ्घ इटहरीले यही २८ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । उवा सङ्घ इटहरीको कार्यालयमा शनिबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष भीमबहादुर पौडेलले शिविरमा निःशुल्क जाँच र निःशुल्क औषधि प्रदान गर्ने बताए ।

स्वाथ्य शिविरमा निःशुल्क पाठेघर परीक्षण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम हुने सङ्घकी सचिव शोभा कोइराला (सविना)ले जानकारी दिइन् । कोइरालाका अनुसार इसिजी, युएसजी र ल्याब टेस्ट सेवा पनि उपलब्ध हुनेछ ।

सङ्घकी कोषाध्यक्ष गायत्री कट्वाल (भण्डारी)ले विराटनगरको नोबेल मेडिकल कलेजसँगको सहकार्यमा निःशुल्क स्वाथ्य जाँच आयोजना गरेको बताइन् । उनका अनुसार सङ्घले इटहरीको शहरी करिडोरभन्दा बाहिरका महिलालाई लक्षित गरेर तीजको अवसरमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।

अब अर्को स्वास्थ्य शिविर आँखाका बिरामीका लागि राखिने सङ्घका अध्यक्ष पौडेलले बताए । ‘हामीले निरन्तर स्वास्थ्य शिविर कार्यक्रम गर्ने योजना अनुसार पहिलो कार्यक्रम गर्दैछौँ’, उनले भने, ‘यसले निरन्तरता पाउनेछ ।’

swasthya sibir iahari  (2)