इटहरीः इटहरी उपमहानगपालिकाले वृद्धि गरेको करको विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस असन्तुुष्ट बनेको छ । आज इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेटेर काङ्ग्रेस नगर सभापति हेमकर्ण पौडेललगायतका नेताहरूले वृद्धि भएको करबारे पुनरावलोकन गर्न माग गरेका छन् ।
उनीहरूले १२ बुुँदे ध्यानाकर्षणपत्र पनि बुुझाएका छन् । ती बुँदाहरूमा वृद्धि भएको करका केही शीर्षकमा पुनर्विचार गरी वैज्ञानिक करको दर कायम गरिनुुपर्नेलगायतका माग रहेको काङ्ग्रेस नगर उपसभापति शिवराज दाहालले जानकारी दिए ।