इलामः नेपालले आयात गर्ने बस्तुहरुको परिमाणमा बर्षेनी बढ्दै गएको छ । अघिल्लो बर्ष १२ खर्व ४५ अर्व १९ करोड २ लाख ४७ हजार मुल्य बराबरको आयात भएकोमा गत आर्थिक बर्षमा १३.९ प्रतिशतले बृद्धि भइ १४ खर्व १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार रुपैया पुगेको छ ।
नेपालमा सवैभन्दा बढी परिमाणमा पेट्रोलिय पर्दाथ र आइरन तथा स्टिलका बस्तुहरु खरिद हुँदै आएका छन् । कुल आयातको १५.२६ प्रतिशत पेट्रोलियम पर्दाथले ओगटदा स्टिलका बस्तुहरुले ११.६४ प्रतिशत ओगटेका छन् ।
आर्थिक बर्ष २०७४÷७५ मा नेपालले कुल १ खर्व ७२ अर्ब ८८ करोड ४९ लाख २४ हजार मुल्य बराबरको पेट्रोलियम पर्दाथ खरिद गर्दा गत आर्थिक बर्षमा २५.२ प्रतिशतले बृद्धि भइ २ खर्ब १६ अर्ब ४२ करोड ९२ लाख ९४ हजार रुपैया बराबरको खरिद गरेको व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्यांकले देखाएको छ । नेपालले अन्य मुलुकबाट सुन, चाँदी, मोवाइल, इलेक्ट्रोनिक सामाग्रीहरु बढी मात्रामा खरिद गर्दै आएको छ ।
भारतिय बजारले टिकेको नेपाली अर्थतन्त्र
नेपाली उत्पादन भारत परस्त रहेको छ । अधिकाँश उत्पादन भारतिय बजारले टिकेको छन् । तर गत आर्थिक बर्षमा भारत तर्फ ६२ अर्ब ७३ करोड रुपैयामा बराबरको निकासी भएकोमा ९ खर्ब १७ अर्ब ९५ करोड रुपैयाको आयात भएको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा ४६ अर्ब ६६ करोड बराबरको नियार्त गर्दा ८ खर्ब १२ अर्ब ५५ करोड बराबरको आयत गरिएको थियो ।
निर्यातको दोश्रो स्थानमा अमेरिका रहँदा आयातमा चीन रहेको छ । गत आर्थिक बर्षमा १० अर्ब ८५ करोड रुपैया बराबरको नेपाली बस्तु अमेरिका निर्यात भएको थियो । यो परिमाण आर्थिक बर्ष २०७४÷७५ मा ९ अर्ब १७ करोड बराबर रहेको थियो । चीनबाट आर्थिक बर्ष २०७४÷७५ मा १ खर्ब ५९ अर्ब ९८ करोड रुपैयाको आयात गरिएकोमा गत आर्थिक बर्षमा ३४.३ प्रतिशतले बृद्धि भई २ खर्ब १४ अर्ब ८० करोड रुपैया पुगेको छ ।
नेपालमा उत्पादित सामाग्रीको निकासी प्रवद्र्धनको जिम्मेवारी पाएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुएस खनालले भारतमा यी वस्तुको उत्पादन वृद्धि भएकाले निर्यातमा कमी आएको बताए । ‘हाम्रो देशबाट भारत निकासी गर्ने भनेको कृषिजन्य उत्पादन मात्र हो ’ निर्देशक खनालले भने ‘भारतमा नै उत्पादन बढेपछि नेपाली वस्तुको भाउ कम हुनुको साथै निर्यात पनि घटेको हो ।’
खनालले नेपाली उत्पादनको बजारिकरणको लागी तेश्रो मुलुकको बजार खोज्नुपर्ने आवश्यकता रहेको अाैल्याए ।