बेलबारीः पर्यटन बर्ष २०२० नजिकिदै जाँदा वेलवारीमा पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । नगर क्षेत्रका पर्यटकिय स्थलको विकासमा दातृ क्षेत्रले समेत चासो देखाउन थालेका छन् ।

जापानका टकेजियूछि यूरीटियो र होनमा हिरोकिले बेलबारीका धनपालगढि, सिर्जनापार्क, बेतना सिमसार, रमिते डाँडा र अमना सिसौलि सिमसार क्षेत्रमा पुगेर पर्यटकीय संरचनामा चासो देखाएका हुन् ।

जापानिज टोलिले बेलबारी –५ रहेको धनपालगढिमा पुुगेर यसको ऐतिहाँसिक महत्वलाई चाख मानेर अध्ययन गरेका छन् । राजा धर्मपाल धनपालको गढी भनेर चिनिने उक्त क्षेत्रमा सेनवंशी राजाहरूभन्दा पनि पहिलेका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । हिउँदको समयमा दैनिक ५० वटा समूहसम्म यहाँ वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीय बताउँछन् । हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बली दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रूपमा ग्रहण गर्ने चलनले हालसम्म निरन्तरता पाइरहेको छ ।

विदेशी टोलीले बेतना सिमसार क्षेत्रमा पुगेर समेत जानकारी लिएको छ । भ्रमण दलका सदस्यहरुले बेतना सिमसार पर्यटकीय सम्मभावना रहेको बताउँदै सहयोग गर्ने आश्वासन समेत दिएका छन् । कछुवाको प्रजनन केन्द्रका रुपमा विकास भरहेको बेतनामा कछुवा हेर्दै होनमा हिरोकिले भने ‘लोप हुँदै गएका जिव जन्तु मात्रै संरक्षण गर्न सके आम्दानिको बलियो स्रोत हुने देखियो ।’ कमिलाको प्रतिक सहितको काठेपुल, अजिङ्गर,बाँदर, वन,कुखुरा,कालिज, बकुल्ला हरिण बँदेल, खरायो, गधा आदि जनावारहरु हेरेर उनिहरु दंग परेका थिए ।

बेलबारी –२ मा रहेको रमितेमा निर्माण भइरेहको भ्यूटावरको समेत उनिहरुले अबलोकन गरेका छन् । सुरुङ मार्ग सहितिको भ्यूटावर बनाइरहेको मेयर सुवेदिले उनिहरुलाई जानकारी गराएका थिए । बेलबारीमा २१ वटा सिमासर रहेका छन् । टोलिले बेलबारीमा पर्यटनको सम्भावना रहेको बताउँदै बेलबारीको पर्यटकि क्षेत्रमा लगानी गर्ने सँकेत दिएको प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए । टोलिमा उपमेयर ढाका कुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहलगाएत थिए ।