इटहरीः नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले देशका प्रमुख शहरमा टीभीएस ह्वीली बिट्स कार्यक्रम शुरु गरेको छ ।

यसै क्रममा असोज १ गते इटहरीको पचरुखीमा सो कार्यक्रम अन्तर्गत राष्ट्रिय बाइक राइडर सन्दीप क्षेत्री, प्रकाश अधिकारी, भीम होना साथै गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका छन् । चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि हास्य प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक समाजका अध्यक्ष कर्णबहादुर कार्कीको हातबाट टीभीएस आरटीआर १६० सीसी र टीभीएस राडोन ११० सीसी मोडलको मोटरसकाइलको लन्च पनि गरिएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै कार्कीले सवारी चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने सुझाव दिए ।

पारस अटो मोबाइलसका सञ्चालक तथा कार्यक्रमका सभापति लीलानाथ लुइँटेलले यस्तो सांस्कृतिक तथा स्टन्ट शो कार्यक्रमले समाजमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन कोशिस गर्ने बताए । हाम्रो कला संस्कृतिकको जगेर्ना पनि हुने उनको भनाइ थियो ।

कार्यक्रममा झन्डै १ हजार ५ सय दर्शक सहभागी भएका थिए । यो कार्यक्रम देशव्यापी रूपमा गर्ने र देशभर आगामी शनिबार ‘स्वास्थ्यको लागि दशंैको दौड’ भन्ने कार्यक्रम अन्तर्गत देशका जनतालाई बिहान दौडाउने कार्यक्रम पनि रहेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

टीभीएसले नेपालीहरूको महान पर्व बडा दशैँ तथा तिहारको अवसरमा ‘टीभीएस दशंैको दौड’ स्किम पनि लागू गरेको जनाइएको छ ।

tvs foto  (3) tvs foto  (4)

tvs foto  (1)