इटहरीः आज भाद्रकृष्ण अमावश्याको दिन हो । आजको दिन बुबाको मुख हेर्ने दिनको नामले प्रसिद्ध छ । आज हरेक सन्तानले आफ्ना बुबालाई मिठामिठा खाना खान दिनुका साथै राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् । बुबाको मुख हेर्नको लागि छोरीचेली माइत जाने प्रचलन पनि छ ।

आजको दिनलाई गोकर्णे औंसी पनि भन्ने चलन छ । मृत्यु भएका पिताको सम्झनामा काठमाडौंमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा पूजा गर्ने परम्परा रहेको हुनाले गोकर्णे औंसी भनिएको हो ।

आज कुशे औंसी पनि

kus

 

 

 

 

 

 

 

 


आजको औंसीलाई कुशे औंसी पनि भनिन्छ । कुशलाई देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र झार मानिन्छ । ब्राह्मणद्वारा विधिपूर्वक कुश काटेर कुशे औंसीका दिन आफ्ना जजमानको घरमा बाँड्ने चलन छ । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ । पौराणिककालका विभिन्न कथामा कुशको महत्व उल्लेख गरिएको छ । त्यसैले हिन्दू धर्मावलम्बीहरू कुशलाई विशेष महत्वका साथ घरमा राख्ने र देव तथा पितृकार्यमा प्रयोग गर्ने गर्छन् ।

आज मोती जयन्ती पनि

motiram

 

 

 

 

 


नेपाली साहित्यको क्षेत्रमा मोतीराम भट्टको पनि ठूलो योगदान छ । युवाकवि भनेर चिनिने उनलाई नेपाली साहित्यमा गजल भित्र्याउने साहित्यकार भनेर पनि चिनिन्छ । ३० वर्षकै उमेरमा मृत्यु भएका भट्टले शृङ्गारिक भावका साहित्यको पनि रचना गरेका थिए । तिथिका हिसाबले उनको जन्म र मृत्यु दुवै भाद्रकृष्ण औंसीका दिन भएको थियो । आज नेपाली साहित्यकारले भट्टलाई विशेष श्रद्धापूर्वक सम्झने गर्दछन् ।