धरानः नेपाल तामाङ घेदुङको विधान संशोधन हुनुपर्ने माग उठेको छ ।
नेपाल तामाङ घेदुङ धरान–१५ ले आयोजना गरेको विधानसम्बन्धी छलफल कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । नेपाल तामाङ घेदुङको विधान, २०१३ (सातौं संशोधन) मा जिल्ला समन्वय समितिलाई हटाइएको भन्दै वक्ताहरूले जिल्लाको व्यवस्थालाई यथावत राख्न माग गरेका हुन् ।
राज्यको पुनर्संरचनाअनुसार सङ्घ, प्रदेश, जिल्ला, नगर÷गाउँ र वडा रहने गरी घेदुङको संरचना कायम गरिनुपर्ने उनीहरूले माग गरेका छन् । संशोधन गर्नुपूर्व घेदुङको स्थानीय तहसम्म पर्याप्त छलफल गरी सुझाव सङ्कलन नगरिएकोमा वक्ताहरूले गुनासो गरेका थिए । उनीहरूले तामाङका थरगत रूपमा खोलिएका सङ्घसंस्थालाई पनि घेदुङको विधानले समेट्नुपर्नेमा जोड दिएका थिए ।