६० वर्षमा आफ्नै नाममा घर पाएपछि प्रेम तामाङले भने, ‘अब म सुकुम्बासी होइन’ (भिडियो सहित)

  • भदौ २४, २०७५
  • २१६६ पटक पढिएको
  • विराट अनुपम
alt



इटहरीः आइतबार बिहान मोरङको बेलबारी–५ कसेनी बस्तीका प्रेमबहादुर तामाङ औधी खुशी देखिन्थे । आफ्नै नामको जग्गामा आफ्नो लागि बनाइएको पक्की घर औपचारिक रूपमै पाउने भएपछि तामाङको अनुहार उज्यालो थियो ।
जीवनमा पहिलो पटक निजी जग्गामा पक्की घर पाएपछि तामाङले भने, ‘अब म सुकुम्बासी होइन ।’ दाताले बनाइदिएको नयाँ घर पाएसँगै सुकुम्बासी हुँदाको पीडाबाट मात्रै होइन हरेक बर्खामा लोहन्द्रा खोलाबाट उत्पन्न हुने त्रासबाट पनि मुक्ति पाए तामाङले । २०७४ साल साउन २८ गते आएको लोहन्द्रको बाढीले उनको घर भत्काएको थियो । पीडित तामाङलाई अब लोहन्द्राले आफ्नो घर छोप्दैन भन्ने विश्वास छ । ‘खोला किनारको खोलाकै जग्गामा बसेर लोहोन्द्राले दुःख दिन्थ्यो’, तामाङ भन्छन्, ‘अब खोला धेरै पर छ, यता त पस्दैन होला ।’

जब लोहन्द्राले घर छोप्यो.....
श्रीमतीसहित २ छोरी र १ एक छोराका अभिभावक तामाङ २०७४ साउन २८ गते राती मस्त निद्रामा थिए । एक्कासी खाटमै पानी आएको अनुभव भयो । उनले उठेर हेरे ।
खोलाको बढेको पानीले घर छोप्दै लगेको थियो । उनले हतपत छोराछोरी र श्रीमतीलाई उठाएर निकाले । आफ्ना गाई र बाख्राहरू पनि निकाले । भाँडाकुँडा र कपडाहरू केही निकाल्नै पाएनन् । बाढीले लगिदियो ।

20180909_092712

 

खोलाकै जमिनमा भए पनि राती साढे ११ बजेसम्म आफैँले बनाएको घर थियो तामाङको । खानलाई चाहिने अन्न थियो । पकाउने भाँडाकुँडा थिए । भोलिपल्ट केही रहेन । उनी छिमेकीकोमा शरण लिएर बसे ।

बच्चामै सङ्खुवासभाको खमारे भन्ने ठाउँबाट मोरङको रङ्गेली आएका तामाङको आफ्नो नाममा जग्गा थिएन । पछि, आफ्ना मितभाइ बखत मगरको सल्लाहमा लोहन्द्रा किनारमा बस्न आएका तामाङको भएको अलिकति घर पनि बाढीले भताभुङ्ग भयो । घर मात्रै भताभुङ्ग भएन सामान्य बालुवा चालेर दैनिक गुजारा गर्दै आएका तामाङको दैनिकी नै भताभुङ्ग भयो ।

20180909_094046

तामाङले यसरी पाए पक्की घर
बाढीबाट विस्थापित तामाङ परिवारलाई सहयोग केही दिन मात्रै आयो । बाढीको आतङ्क कम हुँदै गएपछि तामाङ भत्किएकै घरमा बस्न थाले । व्यवस्थित घर बनाउन पैसा थिएन । नयाँ सुरक्षित झुप्रो उभ्याउन जमिन थिएन । त्यही विवशताले उनी तनावमा थिए ।
एक दिन ‘गोर्खा पिस’ नामक बेलायती गोर्खा सैनिकहरूको परोपकारी संस्थाका स्वयंसेवकहरू बाढी पीडित क्षेत्रमा राहत लिएर आए । बेलबारीमा २५ घरहरू बाढीले भत्काएकोमा १२ घर त तामाङकै वडामा भत्किएका थिए । ती १२ घरमा पनि तामाङको घर सबैभन्दा विपन्न र दयनीय अवस्थामा थियो । हो, त्यही कारणले गोर्खा पिस फाउन्डेसनलाई स्थानीय स्वयंसेवी तारा कुलुङ लगायतले तामाङलाई घर बनाएर दिन प्रस्ताव गरे । स्थलगत अवलोकनमा आएका गोर्खा पिस फाउन्डेसनका प्रेम थक्लुङले सहमति जनाए । र, घर बन्ने प्रक्रिया अगाडि बढ्यो ।

20180909_091022

स्थानीय शेरबहादुर वनको १० धुर जग्गा किनियो । गत जेठबाट घर बनाउन शुरु भयो । २ महिनापछि घर तयार भयो । ८ लाखमा तयार भएको सोही घर आइतबार तामाङलाई हस्तान्तरण गरियो । वडा नम्बर ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेत र गोर्खा पिस फाउन्डेसनका प्रेम थक्लुङले संयुक्त रूपमा जमिनको लालपुर्जा र पक्की घर तामाङलाई हस्तान्तरण गरे ।
हस्तान्तरण समारोहमा बोल्दै थक्लुङले अब प्रेम तामाङले पहिलेको भन्दा भिन्न जीवन जिउनुपर्ने भएकाले अन्य सहयोग गर्न पनि तयार रहेको बताए । ‘पहिले उहाँ खोला किनारमा बस्नुहुन्थ्यो । बत्ती, पानी र ग्यासको दाम तिर्नु पर्दैनथ्यो’, थक्लुङले भने, ‘अब भने पक्की घरमा बसेपछि ती सबैको पैसा दिनुपर्छ ।’

20180909_101319-1

 

 


तामाङलाई दैनिक गुजारा गर्न सहज बनाउन गोर्खा पिस फाउन्डेसनले ४ वटा सुँगुर किनेर दिने वा अन्य सजिलो आयको लागि लगानी गरिदिने बताए । उनले भने, ‘घर दिएर मात्रै हुन्न । घरजम गर्ने आय पनि दिनुपर्योे । त्यसमा हामी सहयोग गर्छौँ ।’

20180909_094908

प्रतिक्रिया दिनुहोस

बैशाखमा राष्ट्रिय खे ...

झापाः युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अगामी वैशाखमा ...

विप्लव नेतृत्वको नेक ...

सोलुखुम्बुः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आश ...

भोजपुर–विराटनगर उडान ...

भोजपुरः नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक संवाददाताः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन संवाददाताः कृष्ण बहाब भट्टराई
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)
  • लेखाः समीक्षा केसी

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved