इटहरीः सिभिल बैंकले विराटनगर–१, पुष्पलालचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरेका थिए । कार्यक्रममा बैंकका प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्ति, उद्योगी, व्यवसायीको उपस्थिति थियो ।

कार्यक्रममा पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधि वृद्धिमा सिभिल बैंकको सो शाखाले थप टेवा पु¥याउने बताए । यस्तै, सिभिल बैंकका प्रदेश प्रमुख बुढाथोकीले महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजार रुपैयाँको चेक प्रदान गरेका थिए ।