धरानः धरानमा दीपावली तथा अन्य पर्वलाई लक्षित गरेर बजाज एक्सचेञ्ज मेला सञ्चालन हुने भएको छ ।

बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटोले कात्तिक ५ गतेदेखि ९ गतेसम्म ५ दिन बजाज एक्सचेञ्ज मेलाको आयोजना गर्ने भएको हो । सो एक्सचेञ्ज मेलामा जस्तोसुकै अवस्थामा रहेको कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटरको न्यूनतम १५ हजार रुपैयाँ मूल्याङ्कन गरिने अटोका सञ्चालक युवा व्यावसायी अर्बिन तामाङले बताए । ती साधनको बिलबुक भने अनिवार्य लिएर आउनुपर्ने उनले बताए ।

यसैगरी, बजाज मोटरसाइकलको चाडबाड लक्षित ‘भविष्यवाणी अफर’अन्तर्गत मेलामा नयाँ मोटरसाइकल खरीदमा दुई पटक लक्की ड्रमार्फत २ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने जनाइएको छ । मोटरसाइकल खरीद गर्नुअघि अधिकतम १ लाख रुपैयाँसम्म र खरीदपछि पनि अधिकतम १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत् नगद छुट प्राप्त गर्न सकिने अटोका सञ्चालक तामाङले बताए ।

यसअघिको मेलामा १ जना भाग्यशाली ग्राहकले भविष्यवाणी अफरअन्तर्गत एक लाख उपहार प्राप्त गरेको उनले बताए । मेलामा नयाँ मोटरसाइकल खरीदमा बाइक कभर, हेल्मेट, ल्यापटप ब्याग, मोटरसाइकलको लेगगार्ड निःशुल्क प्रदान गरिने अटोले जनाएको छ । त्यस्तै, मेलामा फाइनान्स र इन्सुरेन्सको सुविधा पनि दिइने जनाइएको छ ।