इलाम / १६ वर्षअघि निर्माण प्रक्रियाथा लिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सपना अन्ततः साकार हुने भएको छ । विमानस्थलको धावनमार्गमा सबग्रेड र लेभल परीक्षणकोकाम सम्पन्न भएपछि सोमबार बिहान ११ बजेर ५७मिनेटमा तारा एयरकोे ट्वीनेटर (नाइनएन एइटी) विमानले सफल परीक्षण उडान सम्पन्न गरेसँगै इलामवासीहरूको गृह जिल्लाबाट हवाइजहाजचढ्ने सपना साकार हुनलागेको हो । ३ सय २८ रोपनीमानिर्माणाधीन विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले इलाम– ९ मावि.सं. २०६७ चैत १३ मा शिलान्यास गरेका थिए ।
२०५८ सालमा विमानस्थल निर्माण प्रक्रिया शुरु भएपनित्यसको ९ वर्षपछि मात्र शिलान्यास गरिएको थियो । मुख्य क्याप्टेन प्रभाकर घिमिरे, सहचालक सञ्जीवश्रेष्ठ र एअरहोस्टेजसहित काठमाडौंबाट १० बजेर ५५ मिनेटजाँदा उडेको विमान१ घण्टापछि इलाम सदरमुकामको सुकिलुम्बा विमानस्थलमा अवतरण भएको थियो ।
निर्माणाधीन विमानस्थलमा पहिलो पल्ट जहाज ओर्लिएपछि इलामका सर्वसाधारण सुकिलुम्बाविमानस्थलमा जहाज हेर्न ओइरिएका थिए ।७ वर्षअघि विमानस्थलशिलान्यासहुँदाघर नजिकैबाट हवाइजहाइ चढ्ने इलामवासीले सपना देखेकाथिए । तर विमानस्थलनिर्माण कार्य चाँडो नबन्दा निराश बनेका इलामवासी सोमबार तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित छन् ।विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामाखुशी साटासाट गरेकाथिए ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेत इलामले वर्षौंदेखि देख्दै आएको विमानस्थलको सपनाअब पूरा भएको बताउँछन् । उनी भन्छन्, ‘विमानस्थल पूर्ण रूपमा सञ्चालनमाआएपछि इलामको पर्यटन क्षेत्रले थप फड्को मार्ने आशाहाम्रो छ ।’

12
अहिले कच्चीअवस्थामा रहेको विमानस्थल आउँदो वर्ष ग्राभेल गर्ने योजनानागरिक उड्डयन प्राधिकरणको छ । चालू आर्थिक वर्षमाविमानस्थलको रनवेकालागि १० करोड र तल्लो भागमा सडक बनाउन७ करोड रुपैयाँ विनियोजन भई काम भइरहेको इन्जिनियर पुष्प न्यौपानेले बताए ।
विमानस्थलका लागिअहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकमखर्च भइसकेको प्राधिकरणले जनाएको छ । ‘रनवेलाई नालीसहितकालोपत्रेसम्मको अवस्थामा पु¥याउनअब १५ करोड रुपैयाँलाग्न सक्छ,’ न्यौपानेले भने, ‘टर्मिनलभवनबनाउन र सुरक्षातारबार लगाउन पनि बाँकी नै छ ।’
विमानस्थल बनाउन स्थानीयस्तरबाट जग्गाउपलब्ध गराइएको हो। तत्कालीन जिल्लाविकास समिति, इलामनगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गाखरिद गरिएको थियो । जग्गाखरिद गर्न इलाममा चन्दासमेत उठाइएको थियो। व्यक्तिगत रूपमा २० हजार रुपैयाँसम्मचन्दा संकलनगरिएको थियो । विमानस्थल निर्माण गर्दा विस्थापितहुने ३१ घर–परिवारलाई जग्गाको मुआब्जाकालागि २ करोड २६ लाख रुपैयाँखर्च भएको थियो ।
विमानस्थल सञ्चालन भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दा लाभान्वित हुनेछन् ।

14