खोटाङमा लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास

  • मंसिर ८, २०७६
  • २८७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

खोटाङ : जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ ।

गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो ।
प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा रु सात करोड ७२ लाख लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त योजनाको कामको जिम्मा विवश इन्टरनेशनल कन्ट्रक्सन कम्पनी काठमाडौँले लिएको छ ।
गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ । बाँकी काम उपभोक्ता समितिले गर्ने उक्त योजनाले छितापोखरीको आधा भू–भाग, छितापोखरी र बतासेका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

संविधान दिबसको अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा रक्तदान कार्यक्रम

इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको ...

जनाचेतनामूलक साइकल यात्राबाट इटहरी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेक ...

संक्रमितले नै चोरे चतरा धामको आइसोलेसनबाट सामान

इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved