इटहरीः दश वर्ष अगाडि नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको कालापत्थर बैठकका एजेन्डा सम्झाउँदै इटहरीमा पूर्व कृषि राज्य मन्त्री देखी सगरमाथा आरोहीहरू मौन ब्रत बसेका छन् ।

पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरी देखी इटहरीका दुई सगरमाथा आरोहीहरू मदन चुडाल र शिव डाँगी मौन ब्रत बसेका छन् । बिहान ६ बजेबाट सुरु उनीहरूको मौन ब्रत साँझ ६ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।

itahari maun brata

मन्त्री तथा सगरमाथा आरोहिरु सहभागी मौन ब्रतमा इटहरी र आसपासका सयौँ युवाहरूको समेत सहभागी रहेको छ । ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रम इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा आज बिहान ६ बजेबाट सुरु भएको छ ।

मौन ब्रत साँझ ६ बजे सम्म सञ्चालन हुने कार्यक्रम संयोजक सुरेश कार्कीले बताए । मौन सन्देश भएकोले गफगाफ नगरी १२ घण्टा सम्म मौन ब्रत बस्ने कार्कीले जानकारी दिए ।

इटहरीको सङ्गीत चौकबाट तालतलैया सम्म पौने घण्टा पैदल यात्रापछि  मौन ब्रत सुरु भएको थियो । पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री समेत रहेका रामकुमार सुब्बाको समेतको सहभागिता रहेको थियो ।

२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाहिमा २० मिनेट कालापत्थर बैठक गरेको थियो  । एक दश अगाडि भएको मन्त्रीपरिषद् बैठकहरूले जलवायु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा सङ्कट आएको भन्दै विश्व समुदायको ध्यान खिचेका थिए ।

विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिषद् बैठक गरेर नेपालले २०६६ मङ्सिर २२ देखी पुस ३ सम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलन अगाडि विश्वको ध्यान तानेका थियो ।

नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशकपछि पुनः त्यी मुद्दा सम्झाउन मौन ब्रत कार्यक्रम गरिएको कार्यक्रमका सचिव सुनिल कार्कीले बताए ।