विराटनगरः सीता एयर र माउण्टेन एयरले पूर्वका दुइ प्रमुख धार्मिक स्थलमा हवाइ सेवा दिने भएका छन् । डिसेम्बर १५ देखि सेवा दिने विराटनगरमा अायाेजित विराटनगर हाेलिडे एसाेसिएसनले पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।

सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले भद्रपुरबाट सुकेटार हवाइजहाज मार्फत र त्यहाँबाट पाथिभराका लागि हेलिकाेप्टरले सेवा दिने जानकारी दिए । त्यस्तै हलेसी उडानका लागि पनि विराटनगरदेखि लामिडाडा एयरपाेर्टसम्म हवाइजहाज र त्यहाँ देखि हलेसी सम्म हेलिकाेप्टरले सेवा दिनेछ ।

हामीले हवाइ सेवासँगै स्थानीय पर्यटकीय क्षेत्रकाे विकासमा पनि सघाउ पुर्याउनुपर्छ । सिँहले भने, पर्यटकलाइ बानी पार्दै गइयाे भने विस्तारै नियमित उडान गर्न सकिन्छ कि भन्ने हाम्राे उदेश्य हाे । कम्पनीले भारतीय बजारमा समेत मार्केटिङ गरेकाे र त्यसका लागि सिक्किम, कलकत्ता र पश्चिम बंगालका केहि प्रमुख ट्राभल्सलाइ पूर्वी नेपालकाे हिमऋङखला देखाइएकाे बताए । छिमेकी देशमा राम्राे मार्केटिङ गर्न सके उडान गर्न सम्भव रहेकाे भन्दै सबै तहका सरकारले यस क्षेत्रमा सहयाेग गरिदिन अाग्रह गरे ।

पत्रकार महासँङ माेरङका अध्यक्ष बन्धु पाेख्रेलले याे अांशिक नभइ नियमित गर्नतर्फ लाग्न कम्पनीलाइ अाग्रह गरे । त्यस्तै महासँघ प्रदेश एकका अध्यक्ष विक्रम लुइटेलले पर्यटन व्यवसायीले सरकारसँग जाेडेर यस्ता प्याकेज कार्यक्रक ल्याउन सुझाए ।

व्यवसायी राजेन्द्र श्रेष्ठले नाकाबन्दि, भुकम्प र अस्थिर सरकार हुँदा लडेकाे पर्यटन विस्तारै उठ्न लागेकाे भन्दै सबै क्षेत्रकाे सहयाेगकाे अपेक्षा गरे । सीता एयरका विजनेश प्रमाेटर एवंम माेरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले राज्यकाे सहयाेग लिएर चल्नुभन्दा पनि अाँफै चल्नसक्ने गरी दीगाे व्यवसायका लागि व्यवसायिकरणतर्फ ध्यान दिनुपर्ने बताए । यस्ता उडानले विराटनगरकाे थप व्यवसाय बृद्दि हुने भन्दै माउण्टेन उडान र धार्मिक तीर्थस्थलकाे उडानलाइ नियमित गर्नुपर्ने बताए ।

त्यस्तै पर्यटन व्यवसायी भवेष श्रेष्ठले यस अघिका यस्ता उडानबाट उत्साहित भएकाे भन्दै विस्तारै पर्यटनमा विविधता अावश्यक रहेकाे महसुस गरेर नयाँ कार्यक्रम ल्याइएकाे बताए ।