इटहरीः इटहरी उपमहानगरको सल्लाहकार समूहका सदस्यले सडक,पैनी रखोला अतिक्रमण हुन नदिन मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह दिएका छन् । सल्लाहकार समूहको अाज बिहान बसेको बैठकले मापदण्ड बनिसकेको भए मापदण्ड पालना गराउनुपर्ने र मापदण्ड नबनेको भए बनाएर व्यवस्थित गर्न सल्लाह दिएको विज्ञ सल्लाहकार संयोजक डा.दिवाकर रेग्मीले जानकारी दिए ।

बैठकमा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले खोला पैनीको अधिकार क्षेत्र तोक्न चाँडै कार्यदल गठन गर्ने बताए । उनले देशैभरका नगरपालिकामा भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्न निर्देशनआएको जनाए ।
भूगोल विषयका प्राध्यापक सूर्य राईले सडक,खोला,पैनी अतिक्रमण गरेर मापदण्ड विपरीत भवन संरचना बनाउन नहुनेमा जोड दिए । उनले मापदण्डलाई कडाइका साथपालना गर्नुपर्ने बताए ।अर्का भूगोलविद्द उमानाथ रिजालले इटहरीलाई आधुनिक शहरका रूपमा विकास गर्ने हो भने अहिलेदेखि नै गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए ।

डा. बद्रीविशाल पोखरेलले सडक अधिकार क्षेत्र मापदण्ड अनुसार गर्नुपर्ने र खोलापैनी अधिकार क्षेत्रका लागि व्यावहारिक मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताए । प्रेमप्रसाद न्यौपानेले पैनीखोलाको अधिकार क्षेत्रकाबारेमा राष्ट्रियसँगै स्थानीय मापदण्ड बनाउनुपर्ने बताए। त्यस्तै, राजेश श्रेष्ठले सडक अधिकार क्षेत्रको मापदण्ड पहिल्यै बने पनि कार्यान्वयन नहुनु दुःखद भएको बताए ।कार्यक्रममा प्रेम अधिकारी, बोधराज नेपाललगायतले इटहरीका खोला पैनीहरू नक्सामा एका तिर भएपनि अहिले अर्कैतिर भएको बताए । इटहरी उपमहानगरका प्रमुखप्रशासकीय अधिकृत छवि रिजालले इटहरी उपमहानगरले सबै सरोकारवालाहरूसँग छलफल गरेर कानुनकार्यान्वयन गर्ने बताए ।

यस्तो छ मापदण्ड
बैठकमा इटहरी उपमहानगरकावरिष्ठ इन्जिनियर अर्जुन दाहालले राष्ट्रिय राजमार्गमा सडक अधिकार क्षेत्र सडकको बीचबाटदुवैतिर २५÷२५ मिटर र सेटब्याक ६ मिटर रहेको जनाए । खोलाकिनारबाट सय फिट र पैनीको हकमा १० फिट छाडेर मात्र भवन संरचना बनाउन पाउने मापदण्ड रहेको उनको भनाइ थियो ।

६ लेन सडक बिस्तारकाक्रममा इटहरीमाआकाशेपुल
बैठकमा ६ लेन सडक परियोजनाका डिभिजनल इन्जिनियर विनोद अग्रवालले करिब ६ किलोमिटर सडक ६ लेनको बन्नु इटहरीका लागि ठूलो अवसर रहेको बताए । उनले तोकिएको सडक क्षेत्राधिकार मापदण्डलाई आफूहरूले कार्यावन्यनगर्ने बताए ।अहिले पनि सडक अतिक्रमण भइरहेको र अतिक्रमण गर्ने प्रयास पनि जारी रहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइथियो । अग्रवालले ६ लेन सडक बिस्तारकै क्रममा इटहरीमा आकाशेपुल बनाइने जनाए ।