इटहरीः आज बिहान १०ः३५ बजे आएको भूकम्पले नेपालको पूर्वी क्षेत्र हल्लाएको छ । भूकम्पका कारण भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । धरानमा रहेको प्रदेश १ को एक मात्र भूकम्प मापन यन्त्रका प्राविधिक सुरज श्रेष्ठका अनुसार भूकम्प ५.७ रेक्टर स्केलको गएको हो । यो स्केलको भूकम्पले ठूलो क्षति नपु¥याउने इन्जिनियर श्रेष्ठले बताए । भूकम्पको केन्द्रबिन्दु उत्तर पूर्वी भारतको फकिरग्राममा भएको देखिएको पनि श्रेष्ठले जानकारी दिएका छन् ।