दोस्रो उद्यमशिल महिला मेला सम्पन्न,दुई करोडको कारोबार

पत्रकार सम्मेलन गरि आय–व्यय सार्वजनिक

  • पुस ७, २०७६
  • ४१० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

 

इटहरीः सुनसरीको इटहरीमा मंसिर २८ गते देखि आयोजना गरिएको दोस्रो उद्यमशिल महिला मेला सोमबार सम्पन्न भएको छ । मंसिर २८ गते देखि पुष ६ गते सम्म संञ्चालित उक्त मेलाको खर्च विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

नेपाल सरकार बाट रु. १५ लाख, स्टल शुल्क बाट रु.१ लाख ५० हजार सांगीतीक कार्यक्रमको प्रवेश शुल्क बाट ३ लाख १५ हजार गरि जम्मा रु.१९ लाख ६५ हजार संकलन भएको नेपाल उद्यमशील महिला महासंघकी केन्द्रीय अध्यक्ष देबिका बुढाथोकीले बताईन ।

त्यसैगरि स्टल निर्माण, कलाकार र प्रचारप्रसार लगायतमा ३५ लाख ३४ हजार ३ सय ४९ रुपियाँ खर्च भएको पनि उनले बताईन् । मेलामा करिब दुई करोडको कारोबार भएको पनि उनको भनाई छ ।

काठमडौंमा मात्र लाग्ने गरेको उद्यमशिल महिला मेला यस पटक महासंघले काठमाण्डु भन्दा बाहिर इटहरीमा लगाउनु भनेको महिलाहरुले उत्पादन गरेको सामग्रीको खोजी गर्नु पनि मुख्य उद्धेश्य रहेको उद्य्मी महिला संघ इटहरीकी महासचिव सुमि थापाले बताइन् । महासंघले मेला मात्र नभएर स्थानिय महिलाहरुलाइ सिप प्रदान गर्ने लक्ष्य राखेर करिब १५० जना भन्दा बढिलाई जंगलमा खेर जाने थाकलबाट व्याग बनाउने १५ दिने निःशुल्क तालीमको व्यवस्था गरेको थियो । सो तालिम लिने महिलाहरुलाई मेला अवधिभर बेसिक तालिम मात्र दिईएको र पुन १५ दिने तलिम दिएर उद्यमी महिला बनाउने उदेश्य रहेको पनि महासचिव थापाले बताईन ।

 

प्रतिक्रिया दिनुहोस

संविधान दिबसको अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा रक्तदान कार्यक्रम

इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको ...

जनाचेतनामूलक साइकल यात्राबाट इटहरी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेक ...

संक्रमितले नै चोरे चतरा धामको आइसोलेसनबाट सामान

इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved