धरान : धरान सहर स्थापना दिवसको अवसरमा धरानमा ३ दिने धरान महोत्सव आजबाट सुरु भएको छ ।
धरान सहरको स्थापना दिवस पौष २० मा भए पनि नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउने उदेश्यले आज नै स्थापना दिवसको अवसर पारेर महोत्सवको उद्घाटन् गरिएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले दिप प्रज्वलन गरी उद्घाटन् गरेका थिए । उद्घाटन समारोहलाइ सम्वोधन गर्दै सभामुख भण्डारीले साँस्कृतिक विविधताले भरिएको सहर धरानको कला,सँस्कृतिलाई बजारीकरण गर्न आवश्यक रहेको वताए । उद्घाटन समारोह शुरुवात भएसँगै चिसो र हल्का बर्षाले महोत्सव प्रभावित भएको थियो । समारोहलाइ अन्य अतिथिहरु प्रतिनिधिसभा सदस्य जयकुमार राई, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले सम्वोधन गरेका थिए ।

धरानका मेयर तिलक राईले धरानको स्थापना दिवस सँगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गरिएको बताए ।कार्यक्रम विभिन्न जातजातीको साँस्कृतिक झाँकी सहित नगर परिक्रममा गर्दै पव्लिक माध्यमिक विद्यालयको मैदानमा भईरहेको छ । मेलामा सम्पुर्ण व्यवसायलाई समेट्दै निशुल्क स्टल दर्ताको व्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रसारप्रचारका लागी झण्डामा ‘जाँउ घुम्न धरान’ भन्ने श्लोगन सहितको बुलेट राइडरको टिमलाई विदाइ गरियो, सो टिम आज भेडेटार सम्म पुगेर बस्नेछ भने भोलिदेखी इटहरी पुर्व काँकडभिट्टा सम्मका महत्वपुर्ण सहरहरुमा परिक्रममा गरेर धरानको प्रचार गर्ने छन् ।
महोत्सवमा विभिन्न जातजातीका परम्परागत परिकारहरु र अन्य खानाहरु पाउनु साथै पुर्वेली लोकगित र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

pradeshportak2