इटहरीः मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्ड तर्फको शिर्ष उपाधि र ताज जितेकी छिन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् ।

उपाधि जितेपछि शनिबार बेलुका कुरा गर्दै शिलास्माले भनिन्,‘आज बेलुमा मलेशियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।’

अब उनी नेपाल फर्कने छिन् । त्यसपछि सबैसँग खुसी साट्ने उनले बताएकी छिन् ।केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकीछन् ।

silashma-malla-hamal-winner-taj-1