ईटहरी: सुनाखरी कला केन्द्र इटहरीको आयोजनामा गायक दुर्गा पराजुलीको एकल देशभक्ति गित गायन कार्यक्रम देश कहाँ ? आयोजना हुने भएको छ । “राष्ट्रिय एकता र स्वाधिनत्ताको लागि राष्ट्र भक्ति गित” मुख्य नारा दिएको कार्यक्रममा गायक दुर्गा पराजुलीले देश भक्ति गित गुञ्जाउने छन् ।
कार्यक्रम यहि पुस २६ गते शनिबारका दिन राष्ट्रिय एकता दिवसको अबसरमा ईटहरी स्थित सेन्टर प्लाजा भवन अगाडी हुदैँछ ।
गायक पराजुली कार्यक्रम सम्बन्धी जानकारी दिदैँ प्रदेश पोर्टल सगँ ‘भने देशमा धेरै परिवर्तन भए लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने शिलशिलामा हजारौँ गोरखाली लडेर एकिकरण गरेको देश तथा नेपाल एकिकरण गर्नका निमित्त बिभिन्न युद्ध लडेर आफ्नो देशलाई अन्तराष्ट्रिय जगतमा चिनाएका एवम् पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको हाम्रो पुस्ताले बिर्सिनु हुदैन भन्दै राष्ट्रिय एकताको सन्देश दिनलाई कार्यक्रम गर्न लागेका छौँ ।’
कार्यक्रममा सयौँको संङ्ख्यामा साहित्कार,कलाकार, तथा संगित पारखी दर्शकको सहभागीता रहने आयोजकले बताएको छ ।