इटहरी / इटहरी क्षेत्रको सरसफाइमा सक्रिय भुमिका खेल्दै आएको बुल्स इलेभेन क्लबले विश्ववातावरण दिवसको सन्दर्भमा विभिन्न सचेतनामुलुक कार्यक्रमको गरेको छ । सँस्थाले आज विश्व वातावरण दिवस मनाउँदै पृथ्वि जोगाउन सर्वसाधारणलाइ आग्रह गरेको छ ।

इटहरी नगरपालिकाबाट निस्किएको र्यालीले नगरपरिक्रमा गरेको थियो । धर्ति, पानी हावा सफा राखौँ, भावि पुस्ताका लागि पृथ्वि जोगाउँ, प्रकृती जोगाउँ, जंगल बचाउँ, पानी जोगाउँ भन्ने प्लेकार्ड बोकेर युवाहरुले नगरको मुुख्य चौकमा घुुमेकाथिए । उनिहरुले बटुवालाइ नगरभित्र फोहोर नफाल्न र डसविनमा प्लास्टिक लगायतका टुुक्राहरु राख्न आग्रह गरेका थिए । क्लबका सचिव हेमसागर निरौलाले बटुुवा तथा युवालाई जागरुप गराउन पनि कार्यक्रमको आयोजना गरिएको बताए । उनले हरेक हप्ता शनिवार नगरका विभिन्न क्षेत्रको सरसफाइमा युवहरु जुुट्ने गरेको भन्दै युवालाइ सक्रिय बनाइ भावि पुुस्ताका लागि पनि प्रकृती जोगाउनुु पर्छ भन्ने सन्देश दिन खोजिएको जानकारी दिए ।

उनले कसैको सहयोगबिना स्वतस्फुर्त रुपमा युवाहरु सडकमा सफाइ गर्न निस्कने गरेको भन्दै युवालाइ सामाजिक दायित्वमा सक्रिय बनाइएको बताए ।