इटहरीः इटहरी उपमहानगरपालिकाले पत्रकार लीलाराज भट्टराईलार्इ प्रेस संयोजकमा नियुक्त गरेको छ । इटहरीमा रहेको सप्तकोशी एफएमको समाचार शाखा प्रमुख रहेका भट्टराईलार्इ इटहरी उपमहानगरपालिकाकाले भदौ २० गतेदेखि प्रेस संयोजकको जिम्मेवारी दिइएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

उनले प्रदेश पोर्टललार्इ भने, ‘उहाँलार्इ हामीले प्रेस संयोजकमा राखेको कुरा सही हो । उहाँले काम पनि शुरु गरिसक्नुु भयो ।’ मोरङको उर्लाबारी स्थायी घर भएका भट्टराई विगत लामो समयदेखि सप्तकोशी एमएममा कार्यरत छन् ।