तस्बिरः राउतकाे फेसबुकबाट साभार
इटहरीः साढे ३३ किलो सुन काण्डमा मुछिएका डिएसपी सञ्जय राउतलाई अदालतले पुनः थुनामै राख्न आदेश दिएको छ । राउतलाई थुनामै राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालत मोरङले गरेको आदेशलाई नै आज विराटनगर उच्च अदालतले सदर गरिदिएको हो ।
मोरङ जिल्ला अदालतले राउतको थप अनुसन्धानका लागि थुनामै राख्न आदेश दिएको थियो । आज उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र थिरबहादुर कार्कीको संयुक्त इजलाशले सो आदेश सदर गरेको हो ।