काकरभिट्टाःयहि माघ २६ गतेबाट सुदुरपूर्वको काकरभिट्टामा हुने एसियन ग्रामिण पर्यटन महा उत्सवमा प्रदेश १ सरकारका मुख्यमन्त्री र सिक्किम सरकारका मुख्यमन्त्री बीच पर्यटन प्रर्बधनका लागि औपचारिक वार्ता हुने भएको छ । महा उत्सव उद्घाटनका लागि माघ २६ गते प्रमुख अतिथिका रुपमा आउनुहुने प्रदेश १ सरकारका मुख्यमन्त्री शेयरधन राई र बिशिष्ठ अतिथिका रुपमा आउनु हुने सिक्किम सरकारका मुख्यमन्त्री पिएस गोले बीच करिब डेढ घण्टा भेटवार्ता हुने छ ।
महा उत्सवका बिषयमा जानकारी दिन आज काकरभिट्टा स्थित मेची जस्केलोमा एक पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका सल्लाहकार डिल्ली घिमिरेले जानकारी दिए । उनका अनुसार महोत्सव उद्घाटनपछि उनिहरुबीच वार्ता हुने छ । माघ २६ गते सिक्किमका मुख्यमन्त्री एक नम्बर प्रदेशमा रहने र २७ गते प्रसिद्ध तिर्थस्थल पाथीभरा दर्शनका लागि ताप्लेजुङ जाने उनले बताए । पिएस गोलेसंगै प्रदेश नम्बर १ का मुख्यमन्त्री राईपनि पाथीभरा जाने संभावना रहेको उनले जनाए ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीका अनुसार काकरभिट्टामा हुने छैठौं एसियन ग्रामिण पर्यटन महा उत्सवले सबै बर्ग क्षेत्रलाई समेट्ने छ । काकरभिट्टा बजार क्षेत्रभरी महा उत्सव हुने उनले बताए । महा उत्सवमा सहभागी हुन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश शुल्क नलिने उनले बताए । स्टलको समेत निःशुल्क उपलब्ध गराउने उनले जनाए । सुदुर पूर्वको काकरभिट्टाबाट महोत्सवका नाममा हुने आर्थिक विकृति हटाई नयाँ शन्देस दिन र आर्थिक रुपमा विपन्न वर्गहरुको समेत सहभागीता गराउने योजना रहेको उनले बताए । महा उत्सवमा रहने स्टलहरुमा प्रदेश नम्बर १ का बिभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादन भएका सामाग्रीहरु र त्यहाँको संस्कार र संस्कृतिको प्रर्दशनी हुने उनले बताए । उनले नेपाल सरकारले मनाईरहेको पर्यटन बर्ष २०२० लाई पनि सहयोग गर्ने उद्धेश्यले सधै बाहुनडाँगी भईरहेको महाउत्सव यसपटक सुदुरपूर्वको प्रवेशद्धारमै गर्ने तयारी थालेको बताए ।
महा उत्सवमा लाग्ने खर्च संघीय, प्रदेश, स्थानीय सरकार र पर्यटनसंग सरोकार राख्ने बिभिन्न निकायसंग सहकार्यगरि जुटाईने आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले बताए । उनका अनुसार महा उत्सवमा कुल ५२ लाख ५० हजार आम्दानी हुने र सोही बराबरको खर्च हुने अनुमान गरिएको छ ।महा उत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट प्रवक्ता नवराज प्रधानले प्रेस विज्ञप्ती वाचन गरि महा उत्सव ऐतिहासिक हुने बताए । उनले सार्वजनिक गरेका महा उत्सवमा हुने गतिविधि र आकर्षणहरु यस प्रकार रहेका छन्ः


के हुँदैछ यस पटक महा उत्सवमा ?
१. यस पटकको महा उत्सव कुनै खास स्थानमा मात्र केन्द्रित हुने छैन । यो काँकरभिट्टा बजार भरी नै फैलने छ र यसले वास्तवमै महा उत्सवको रुपमा धारण गर्ने विश्वास गरिएको छ ।
२. यस पटकको महा उत्सवमा सहभागी हुन वा अवलोकन गर्न कसैले कुनै पनि प्रकारको शुल्क तिर्नु पर्ने छैन । अर्थात प्रवेश शुल्क, स्टल शुल्क, अतिरिक्त पार्किङ शुल्क जस्ता शुल्कहरु लाग्ने छैनन् ।
३. महा उत्सव भरी काँकरभिट्टा बजारको सबै व्यवसायिक प्रतिष्ठानहरुलाई वस्तु वा सेवामा विशेष छुट गर्न अनुरोध गरिने छ । साथै महोत्सवमा उपलब्ध भएका सामग्री वा सेवा उपभोग वा खरिदमा विशेष छुटको व्यवस्था गरिने छ ।
४. महोत्सव अवधिमा तोकिएका स्टलहरुबाट कपडा, खाना र जातीय परिकार वा वस्तुहरु विशेष छुट सहित उपलब्ध हुने छन् ।
५. महोत्सवमा ग्रामीण तथा साँस्कृतिक महत्वका वस्तु वा सेवाहरुले प्राथमिकता पाउँने छन् ।
६. महोत्सवमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा फरक फरक स्थानमा तालिम, गोष्ठि र सेमिनारहरु आयोजना हुने छन् । एकै दिन काँकरभिट्टाका धेरै स्थानमा कार्यव्रmमहरु आयोजना हुने छन् ।
७. महोत्सवमा नेपाल, भारत, भुटान, बंगलादेश लगायतका वस्तु तथा सेवाहरुको प्रतिनिधित्व हुने छ ।
८. महोत्सवको उद्घाटन कार्यव्रmम देवकोटा पार्क, स्टलहरुको व्यवस्थापन नेपाल बैंक अगाडि राजमार्ग आसपासको क्षेत्रमा, साहित्यिक कार्यव्रmमको प्रस्तुती मिनी मार्केट अगाडिको खुल्ला स्थानमा, साँझको साँस्कृतिक कार्यव्रmम बस पार्कमा र खेल रमाईलो सामुदायिक भवन छेउको खुल्ला स्थानमा हुने छ ।
९. खेल रमाइलो हुने स्थानमा प्रवेश शुल्क लाग्ने छैन । शुल्क लाग्ने खेलहरुमा विशेष छुटको व्यवस्था गरिनेछ । ताकि सर्वसाधारणका वालवालिकाहरुले पनि सहजै खेल रमाइलोबाट मनोरञ्जन लिन सकुन् ।
१०. खेल रमाइलोमा रोटेपिङ, लिङ्गे पिङ जस्ता रमाइला खेलहरुमात्र हुने छन् । लङगुरबुर्जा, जुवा, तास या कुनै पनि जोखिमपूर्ण खेलहरुलाई स्थान दिइने छैन ।
११. महोत्सव ग्रामीण पर्यटन, स्थानीय व्यवसायको प्रबर्धन र विकासका लागि प्रचारात्मक हुनेछ । महोत्सवको उद्देश्य नाफा आर्जन गर्ने गरी हुने छैन । महोत्सव आयोजनामा लाग्ने खर्चको व्यवस्थापन नेपाल सरकार, प्रदेश सरकार, पर्यटनसँग सम्बन्धित निकाय र सरोकारवाला पक्ष र अन्य सहयोगी दाताहरुसँग निर्भर रहने छ । महोत्सवको हरहिसाव समापनका दिन सार्वजनिक गरिने छ ।
साविकको स्थान परिवर्तन गरी यस पटक यो उत्सव काँकरभिट्टामा हुँदैछ । यसो गर्नुको कारण पर्यटन वर्षलाई सकरात्मक प्रभाव पार्ने उद्देश्य हो । अर्थात प्रवेश नाकामै कार्यव्रmम आयोजना हँुँदा बढि प्रचार प्रसार र प्रभावकारी हुन्छ भन्ने विश्वास हो ।


महा उत्सवका थप आकर्षणहरु
१. महोत्सवको उद्घाटनमा प्रदेश नम्बर १ का मुख्यमन्त्री र भारत सिक्किमका मुख्यमन्त्रीको उपस्थिति हुनेछ । दुवै मुख्यमन्त्रीबीच उद्घाटन कार्यव्रmमपछि दुई देशीय पर्यटन प्रबर्धनका बारेमा छलफल सहित भेटवार्ता हुने छ ।
२. महोत्सवलाई बेलायतका फोक्सटन सिटीका मेयर र प्रतिनिधि मण्डलले अवलोकन गर्ने छन् ।
३. महोत्सवमा मेचीनगरबाट राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरुको प्रस्तुती रहनेछ । साथै, स्थानीय कलाकारहरुले महोत्वस अवधिभर आफ्नो कला र प्रस्तुती प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने छन् ।
४. महोत्सवमा वालवालिका, युवा÷पौढ र जेष्ठ नागरिकहरुलाई समेत ध्यानमा राखेर कार्यव्रmमहरु तयार गरिएको छ । जस्तै वालवालिकाहरुका लागि खेल, रमाइलो आदि, युवा, पौढहरुका लागि तालिम, गोष्ठि, सेमिनार, कला, साहित्य, गीत, नृत्य आदि र जेष्ट नागरिकहरुका लागि ज्ञान, रमाइलो, पुराना पुराना लोक भाकाका गीत, चाचरी, संगीनी नृत्यहरु आदि रहने छन् ।
५., लेखक, कलाकार, पत्रकार, साहित्यकार, नव प्रतिभाहरुका लागि महोत्सवमा विशेष कार्यव्रmमहरु सञ्चालन हुने छन् । महोत्सव अवधि भर गीत, नृत्य, कविता प्रतियोगिता हुने छन् । साथै नाटक प्रदर्शन र ड्रइङ तथा वाल पेन्टिङ प्रतियोगिता आयोजना हुने छन् ।
६. महोत्सव अवधिभर महोत्सव क्षेत्र र काँकरभिट्टा बजारमा रहेका सबै व्यवसायिक प्रतिष्ठान तथा होटल, पसलहरुले आफ्नो सेवा वा वस्तु खरिद गरेपछि उपभोक्ता तथा पर्यटकहरुलाई खदा पहिर्याइ सम्मान व्यक्त गर्दै पुन आउने आग्रह गर्दै विदा गर्ने छन् ।
७. महोत्सव अवधि भर सबै बाटा र पसलहरुलाई फुल र ध्वजा पटकाले सजाइने छ । ताकि यो महोत्वस वास्तवमै महा उत्सव बनोस् ।
८. महोत्सवमा सार्क क्षेत्रको प्रतिनिधित्व हुने अन्तर देशीय, जातीय र सास्कृतिक झाँकी सहतिको प्रस्तुती रहने छन् ।
९. यस पटकको महोत्सवले सबै जात, जाति, भाषा, भाषी, धर्म, लिङ, वर्ण र विचारहरुको समष्टीलाई प्रतिनिधित्व गर्ने छ । साथै सबै राजनीतिक दल र संघसंस्थाहरुले महोत्सवको अपनत्व ग्रहण गर्नेछन् ।
१०. छैठौं एसियन ग्रामीण पर्यटन महोत्सव यहि आयोजना भएका महोत्वस भन्दा सार्थक रुपमै भिन्न र महत्वको हुने छ । जसबाट मेचीनगरबासीले गौरव गर्ने छन् ।

83276020_910224669393526_7025357510206816256_n