इटहरी / वातावरण जोगाउन सबैले जिम्मेवार भुमिका खेल्नुु पर्ने भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले नगरपालिका एक्लैले केहि गर्न नसक्ने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आज इटहरी उद्योग वाणिज्य सँघ र इटहरी उपमहानगपालिकाले नगका विभन्न स्थानमा सचेतनामुलुक स्टिकर टाँसेको थियो ।
सो क्रममा मेयर चौधरीले वातावरण जगेर्नाप्रति सबै नागरिकले उत्तिकै दायित्व निर्वाह गर्नुुपर्ने बताउँदै एक्लो व्यक्ति र सँस्थाको पहलमा मात्र वातावरण जोगाउन मुस्किल पर्ने बताए । ‘पृथ्वि जोगाउन सबै एकजुट भएर लागौं, माटो र हावाका लागि घातक सिद्ध हुने हानिकारक प्लास्टिक प्रयोगलाइ निरुत्साहित गरौँ ।’ उनले भने । इटहरी उद्योग वाणिज्य सँघका पदाधिकारी, विभिन्न सामाजिक सँस्थाका प्रतिनिधिको अगुवाइमा प्लास्टिकको प्रयोगलाइ कम गरि विकल्प खोज्न आग्रह गरिएको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न पसल, तथा सार्वजनिक, सँस्थाका तथा निजि बसहरुमा समेत सचेतनामुलक स्टिकर टाँसिएको छ ।
नगर क्षेत्रमा वृक्षारोपण सम्पन्न
इटहरी उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा विरुवा रापेको छ । सामाजिक सँघ सँस्थाहरुको सहकार्यमा इटहरीको खनार तथा तालतलैया क्षेत्रमा वृक्षारोपण गरेको हो । सामाजिक अभियन्ता दिव्य गुरुङका अनुसार स्थानियलाइसमेत जागरुप जगाउने उदेश्यले विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।