इटहरी: इटहरीका सुमन कोइरालालाई चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा जिताउन सुमन कोइराला जिताउँ अभियान इटहरीले आग्रह गरेको छ ।

आज इटहरी उपमहानगरपालिका परिसर भित्र आयोजित एक कार्यक्रममा भोट गरी जिताउन आग्रह गरेको हो । च्याम्पियनको टप ५ मा पुगेका इटहरीका सुमनलाई जिताउनका लागि कलाकार दिनेश कोइरालाको संयोजनमा समिति बनेको छ । उक्त गठित समितिले आजै बाट कुनै एक बैङ्कमा खाता खोली रकम सङ्कलन गर्दै भोट गर्ने छ ।

भोजपुरको दावाँमा जन्मेका सुमन केही समय अगाडी देखि सुनसरीको रामधुनी नगरपालिकामा बसाई सरी आएका हुन् । स्नातक तह पास गरे पछि काठमाडौं छिरेका सुमन यतिबोला चर्चाको शिखरमा छन् । स्थानीय रामधुनी एफएमबाट कमेडीको क्षेत्रमा कार्यक्रम चलाउँन सुरु गरेका २४ वर्षीय सुमन कमेडी च्याम्पियनमार्फत आफ्नो प्रस्तुतिलाई निखार्दै गएका छन् ।

कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका कोइरालाले आम मानिसको ध्यान खिच्न सफल भए ।

प्रतिस्पर्धाबाट बाहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेर अर्गानिक कमेडियनको रुपमा परिचित उनको कमेडीलाई विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामाङले पनि खुलेरै तारिफ गरे ।

निर्णायकको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश गरेका उनले हिजो मंगलबार बीमा गर्ने मानिसको पात्रमा राम्रो प्रस्तुति दिए । उनको अहिले सामाजिक सञ्जालदेखि चिया गफ सम्म सकारात्मक चर्चा हुने गरेको पाइन्छ । आजको कार्यक्रममा सुमनका बुवा समेत आएका थिए उनले भने सुमनलाई जिताउनका लागि एक्लै अगाडी देखि नै लागि गरेको र अब अन्तिम चरणमा कार्यक्रम पुगि सकेकाले सबैले भोट गरी जिताउन आग्रह गरे । उनलाई जिताउन ईसेवा एपबाट नेपाल भित्रबाट भोट गर्न सकिन्छ भने नेपाल भन्दा बाहिरबाट कमेडि च्याम्पियनको एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।