इटहरीः फागुन १ गते देखि बन्द भएकाे सप्तकाेशी नदीकाे जेटवाेट अझै सुचारू हुन सकेकाे छैन । स्थानीयकाे अवराेध भएकाे र सुरक्षामा समस्या निम्तिएकाे भन्दै जेटवाेट सँचालकहरूले वाेट बन्द गरेका थिए । जसका कारण भाेजपुरकाे नदी तटीय क्षेत्रका वासिन्दाकाे तराइ झर्ने सहज माध्यम बन्द भएकाे थियाे ।

जेटवाेट सँचालक विमलमान श्रेष्ठले कराेडाैँ लगानी गरेर सरकारी लक्ष्य पुरा गर्न सहयाेग पुर्याइ रहँदा निजि क्षेत्रप्रति सरकारी पक्षले वेवास्ता गरेकाे गुनासाे गरे । प्रदेश र स्थानीय सरकारसँग बढि अाशा भएपनि कतैबाट पहल नभएपछि अाँफै स्थानीयसँग वार्ताकाे पहल गरिरहेकाे प्रदेशपाेर्टललाइ जानकारी दिए ।

काेशी नदीकाे चतरा क्षेत्रमा जेटवाेट चढ्न भनि घुमफिर गर्न जाने पर्यटकसमेत निराश बनेर फर्किएकाे श्रेष्ठले बताए। उनका अनुसार काेशीमा दैनीक ५ सय पर्यटक बाेट चढ्नकै लागि भनेर जान थालेका थिए । घुमफिरकाे सिजन शुरू भएकाे हुँदा दैनिक पर्यटकाे सँख्या बढिरहेकाे थियाे ।

व्यवसायीहरूले अाज वार्ता गर्नका लागि वाेट चलाएपनि भाेलि बराहक्षेत्रसम्म पुग्न पर्यटका लागि मात्र चलाउने याेजना रहेकाे छ ।