इटहरीः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति दबाब दिन आज देशभर स्वतःस्फूर्त रूपमा ऐक्यबद्धता कार्यक्रम भइरहेको छ ।

विभिन्न स्थानमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ¥याली प्रदर्शन हुने भएको छ । प्रदेश नम्बर १ मा झापाको काँकरभिट्टामा बिहान ९ बजे कार्यक्रम भएको छ भने दमक र अर्जुनधारमा दिउँसो १ बजे कार्यक्रम हुने भएको छ ।

मोरङको विराटनगर र विराटचोकमा दिउँसो १ बजे, सुनसरीको इटहरी, धरान र इनरुवामा दिउँसो १ बजे कार्यक्रम हुने भएको छ भने उदयपुरको गाईघाटमा बिहान ८ बजे सो कार्यक्रम भएको छ ।

41663683_323440085090250_4198017166731116544_n

उदयपुरको गाईघाट, काभ्रेको पाँचखाल र बाँकेको कोहलपुरमा बिहान ८ बजे विरोध कार्यक्रम भएको थियो भने वीरगञ्जको घण्टाघरमा साँझ ६ बजे कार्यक्रम हुने भएको छ । अन्य धेरै जिल्लामा दिउँसो १ बजे र ३ बजे विरोध कार्यक्रम हुने भएको छ ।

स्वतःस्फूर्त आयोजित सो कार्यक्रममा कुनै राजनीतिक दल र सङ्घ संस्थाको झण्डा र ब्यानरको प्रयोग नहुने र आम सर्वसाधारणले दिएको दबाबको रूपमा कार्यक्रम सम्पन्न गरिने बताइएको छ । सहभागीले विरोधको प्रतीकस्वरूप कालो कपडा लगाएर तथा कालो पट्टी बाँधेर सहभागिता जनाउने पनि बताइएको छ ।

nir