सुनसरीः चाडपर्व बाहेक अन्य समयमा बजार तथा होटलहरू अनुगमन नहुदा दैनिक मानव जिवन बिभिन्न रोगको संक्रमणबाट ग्रस्त हुने गरेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन ।
सुनसरीको इटहरीमा खाद्य गुणस्तर तथा निगरानी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले दशै र तिहारमा जम्बो टोली लिएर बजार अनुगमन भन्दै सरकारी कर्मचारीहरू निस्किएपनि उपभोग्य बस्तुहरूमा कालोबजारी नरोकिएको र कुनैपनि खाद्य बस्तुहरू गुणस्तरीय नभएको सरोकारवालाहरूले गुनासो गरेका छन । बजारसंगै होटलहरू अनुगमन गर्नुपर्ने सम्बन्धित निकायलाइ सुझाव दिएका छन ।
कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष दिनेस रसाइलीले नामै मात्रको बजार अनुगमन प्रभावकारी नभएको र उपभोक्ताहरू मार्कामा पर्दा गुनासो सम्बोधन गर्ने निकाय पनि नरहेको कारण स्वच्छ अग्र्यानीक खाद्य पदार्थहरू बजार सम्म नपुगेको गुनासो राखे । उनले पछिल्लो समय राजमार्गको छेउमै बिक्रीमा राखिएका तरकारीहरू कतिको खान योग्य र अयोग्य हो त्यो मापन गर्ने केन्द्र एवम निकाय प्रदेश एकमै नरहेकोले समस्त नगरवासीहरू अग्र्यानीक भन्दै बिषादी मिसिएको सागसब्जी खान बाध्य भएको बताए ।
कार्यक्रममा मोरङका डाक्टर लक्ष्मी नारायण साहले अखाद्य बस्तुको सेवनकै कारण क्यान्सर जस्तो प्राणघातक रोग बढदै गएको प्रस्ट पारे । उनले अघिल्लो एक वर्षको तथ्यांक देखाउदै प्रदेश एकमा ७८ प्रतिशत रोगहरू दुषित खानाकै कारण लाग्ने गरेको बताए । कोशी राजमार्ग अन्तरगत हाइबेमा सञ्चालन भएका होटलहरूमा राखिएको खाना पुर्णरूपले दुषित भएको बताउँदै अनुगमन गर्ने निकायले चासो नराखिदिदा धुँवा र धुलो मिसिएको खानाहरू उपभोक्ताले सेवन गर्दै आएका कारण मधुमेह, सुगर, ब्लडप्रेसर, ग्याष्टिक, झाडापखाला, र क्यान्सर जस्तो खतरनाक रोगको शिकार बनिरहेको बताए ।
कार्यक्रममा होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले पनि इटहरीमा ठुलो लगानीको होटलहरू खुलेपनि उपभोक्ताहरूलाइ पस्किने खानाका परिकारहरू कतिको शुद्ध छ वा छैन कसैले चासो नराखेको बताए । उनले भने, ‘बजारबाट किनेर ल्याएको तरकारीहरू कति शुद्ध कति असुद्ध त्यो मापन गर्ने यन्त्र र निकायनै छैन्, त्यसैले उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।’
खाद्य गुणस्तर तथा नियन्त्रणको कार्यालय बिराटनगरको आयोजनामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक बिकास मन्त्रालयका उपसचिव अम्बिका चौलागाइले सरोकारवालाहरूको गुनासोलाइ मध्यनजर गर्दै होटल तथा बजारहरू नियमित अनुगमन गर्नुका साथै अनुगमनका सबै कार्यक्रमहरूलाइ बलियो र प्रभावकारी बनाइने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश एकका स्वास्थ्य निर्देशक चन्ददेव मेहताले उपभोक्ताहरूको हकहितका लागि प्रदेश सरकार गम्भिर हुनुपर्ने र सम्बन्धित सरोकारवालाहरूलाइ बेलाबेलामा यस्तो कार्यक्रमहरू ल्याइ सचेतना बढाउनुपर्ने बताए । कार्यक्रममा खाद्य गुणस्तर तथा नियन्त्रण कार्यालय बिराटनगरका निर्देशक राजकुमार रिजाल, प्रदेश एक स्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले सहजिकरण गरेका थिए ।