सुनसरीः उदयपुरको बेलका नगरपालिकाका कृषकहरुले सहज र शुलभ मुल्यमा कृषि उपकरणहरु पाउने भएका छन् । कृषि तर्फ युवा पुस्तालाई पनि आकर्षित गर्न बेलका नगरपालिकाले भाडामा उपकरणहरु दिन सकिने अवधारणा अनुसार कस्टम हायरिङ सेन्टर संचालनमा ल्याएको छ ।
कृषिलाई आधुनिकिकरण सँगै यान्त्रीकरणलाई प्रवद्र्धन गर्न बेलका नगरपालिकाले करिब २० करोडको लगानीमा सेन्टरको स्थापना गरेको छ । सेन्टरबाट खेतीमा सहयोग पु¥याउने ठुला ठुला उपकरणहरु शुलभ मुल्यमा भाडामै प्रयोग गर्न पाउँछन् । कृषिमा यान्त्रीकरण गर्न अपरिहार्य भएको महशुष गर्दै बेलकाले वार्षिक निती तथा कार्यक्रममै सेन्टर संचालनलाई समावेश गरेको छ । यान्त्रीक उपकरणहरुको प्रयोगलाई प्रभावकारी बनाउन जमिनको व्यवस्थापन गर्दै कृषकलाई अभिमुखिकरण गरि कार्यक्रम अघि बढाइएको बेलका नगरपालिकाका कृषि इन्जिनियर बुद्धि तिम्सीना बताउँछन् । उनका अनुसार बेलका नगरपालिकासँग अहिले कष्टम हायरिङ सेन्टर संचालनका लागि २० करोड रुपैया बराबरको कृषि उपकरणहरु मौज्दादमा छन् । त्यसको कार्यविधि बनाएर किसानहरुलाई सस्तोमा भाडामा उपलब्ध गराउने गरि केन्द्र स्थापित गरिएको छ । उनले भने, ‘कार्यविधिलाई अन्तिम रुप दिएर कार्यान्यवनको पक्षमा छौं ।’ अहिले किसानहरुको घर घरमा पुगेर यान्त्रीक उपकरणहरुको प्रदर्शनी लगायत अभिमुखिकरण कार्यक्रमलाई तिब्रता दिएको उनले बताए ।
कस्टम हायरिङ सेन्टर भन्नाले विभिन्न खनजोत देखि लिएर भण्डारण गर्ने सम्पुर्ण उपकरणहरु सेजमा एक ठाउँमा राखिन्छ । त्यसलाई उचित मुल्यमा किसानलाई आवश्यक्ता परेको खण्डमा भाडामा उपलब्ध गराइन्छ । त्यस उपकरणहरुलाई भाडामा संचालन गर्ने विधिलाई नै कस्टम हायरिङ भनिन्छ । विशेष गरि यो पद्धती भारतमा लागु भएको छ । यसलाई नेपालमा पनि बेलका नगरपालिकाले कार्यान्यवनमा ल्याएको हो ।
बेलकाले कृषकहरुलाई यान्त्रीक उपकरण प्रयोग गर्ने दुई प्रकारको अवधारणा अघि सारेको छ । पहिलोमा कस्टम हायरिङ सेन्टर संचालन गर्ने रहेको छ भने अर्को चाहिँ सहुलियतमा कृषक समुह, उद्यमीहरुलाई अनुदानमा यान्त्रिक उपकरणहरु उपलब्ध गराउने रहेको छ । पहिले वितरण गरिएको यान्त्रीक उपकरणहरुको सही उपयोग हुन नसके पछि र त्यसको दुरुपयोग पनि हुन थाले पछि नगरपालिका आफैले सेन्टरबाट भाडामा उपलब्ध गराउने पद्धती बसालेको उनको भनाई छ । नगरपालिकाले ठुला ठुला उपकरणहरु कस्टम हायरिङ सेन्टरबाट उपलब्ध गराउने र साना साना उपकरणहरु चै कृषक समुहहरुमा अनुदान उपलब्ध गराउने कार्यक्रमहरु संचालन गरेको छ । सेन्टरमा साना उपकरणमा मकै रोप्ने मेशिन, विभिन्न किसिमका जोत्ने देखि लिएर जमिन सम्याउने, खनजोत गर्ने महत्वपुर्ण उपकरणहरु रहेका छन् ।
भारतमा बन्द भएका नेपालमा प्रवेश पाएका उपकरणहरु प्रयोग गर्ने अभ्यासहरु बढी रहँदा यसले सही उत्पादन दिन नसकेको उनले बताए । उनले भने, ‘हामीले जमिनको आवश्यक्ता अनुसारको यन्त्र उपकरणलाई सिफारिस गरेर नगरपालिकाले कस्टम हायरिङ सेन्टर मार्फत औजारहरु भाडामा लगाउने गरि शुरु गरेको हो ।’
कस्टम हायरिङ सेन्टर संचालनमा आए पछि किसानहरु पनि उत्साहित भएका छन् । किसानले उपयुक्त समयमा यान्त्रिक उपकरण पाउनुनै ठुलो राहत रहेको किसान गणेश पौडेल बताउँछन् । उनले भने, कृषि उपकरणहरु आफै संग होस् भन्ने छैन्, ठुलो रकम चाहिन्छ, सबै किन्न पनि सकिन्दैन्, तर आवश्यक्ता परेको समयमा प्रयोग गर्न पाउनु भनेको पनि ठुलो राहत हो, सेन्टर स्थापना भए पछि उपकरण खरिदमा विचौलियाले खाने कमिसन तिर्नु परेन्, जनशक्तिको अभावलाई पुर्ति गर्ने भयो, सही उपकरण पनि प्रयोग गर्न पाइने, कस्टम हायरिङ सेन्टरबाटै उपकरणहरुले सहज बनाएको छ ।’
पछिल्लो समय किसानहरुमा पनि उपकरण प्रयोगमा आकर्षण बढ्दै गएको छ । परम्परागत प्रणालीबाट खेती गरिरहेको अवश्थालाई चिरेको छ । ६÷७ जना जनश्रम दिनुपर्ने ठाउँमा उपकरणबाट १ घण्टामै काम हुन्छ । समयको बचत, उत्पादन लागत पनि घट्ने अहिले घर घरमा उपकरण नभए पनि कस्टमबाट उपयोग गर्न पाए हुन्छ भन्न थालेका छन् कृषकहरु ।
उत्पादन लागत घटाएर उत्पादन वृद्धि गर्ने फाइदा पु¥याउने इन्जिनियर तिम्सीनाको भनाई छ । उनले भने, ‘उपयुक्त समयमा खन्ने जोत्ने काम हुने भएकाले त्यसले क्षति न्युनिकरण गरेर उत्पादनमा वृद्धि हुन्छ, त्यो संगै किसानहरुमा आत्मसम्मानका कुराहरु पनि जोडिन्छ, धुलो मैलो हुनुपर्ने अवश्था आएकाले कृषि प्रति युवाहरुको आकर्षण घट्दै गएको अवश्थामा उपकरणको प्रयोगले त्यसलाई समाधान गरिदिन्छ । सम्मानित भएको महशुष गर्छ त्यसैले युवाहरुको पनि आकर्षण बढ्ने देखिन्छ ।’
उपकरणहरु किसानका खेती सम्म पुग्न सक्ने बाटोको समस्या हुँदा खेतबारी सम्म सहजै पु¥याउन भने समस्या रहेको इन्जिनियर तिम्सीनाको भनाई छ । बिग्रीएको अवश्थामा पार्टपुजा नपाउँदा र मर्मत गर्ने वर्कसप नहुँदा पनि समस्या भोग्नुपरेको उनको भनाई छ । यसको न्युनीकरणका लागि पनि बेलका नगरपालिकाले स्थानीय स्तरमै वर्कशप संचालन गर्न ठेक्का दिइसकेको छ । वर्कशप संचालनका लागि अनुदान दिएर दक्षजनशक्ति उत्पादन गर्न तालिमको पनि व्यवस्था गरिदिएको उनले बताए ।