इटहरीः इटहरीमा धमाधम क्याफे खुल्दै बन्द हुँद थिए । सामाजिक अभियानकर्मीको परिचय बनाएका दिव्य गुरुङको मनमा भने बेग्लै खालको क्याफे खोलौँ भन्ने सोच पहिल्यै देखि थियो । तर, जब इटहरीको क्याफे बजारको अवस्था देखे मनमा कता– कता चिसो पस्यो । तर, मनको कुरा न हो, उनले क्याफे खोल्ने निधो गरे । शुरुका ६ महिना सामान्यढंगले क्याफे चलाउने र एकदमै कम लगानी गर्ने सोच बनाए । ‘बन्दै भएपनि धेरै लगानी नडुबोस भनेर मैले यो जुक्ति लगाएको थिएँ । ’ उनले एक वर्ष पहिलेको कुरा सम्झिँदै भने– ‘हौसिएर लगानी गर्दा खेर जाला भन्ने डर अरुलाई जस्तो मलाइ पनि थियो नि ।’

86489328_2732299363505633_3487375515772256256_n

इटहरीको व्यस्त संगित चौक देखि उत्तरपूर्वमा रहेको रातो घरको भुइँ तलामा छ क्याफे । सानो चेपबाट शुरु भएको क्याफेले अहिले रुप फेरेको छ । दिनहुँ हरेक उमेर समुहका ग्राहकको रोजाईमा पर्छ क्याफे । प्लास्टिकजन्य वस्तुको न्युन प्रयोग गरिने हुँदा वातावरणमैत्री बनाइँदैछ । माटोको भाँडोमा चिया दिने नौलो तरिकाले धेरैलाई लोभ्याएको छ । फरक स्वाद, नौलो अभ्यास र सुनसान वातावरण यहाँका विशेषता हुन् । एक छिन समय हुनेहरु साथिसँग गफिन यहाँ पुग्ने गरेका छन् भने प्रशस्त समय हुनेहरु पनि पुस्तक अध्ययन गर्न क्याफे नै पुग्ने गरेका छन् । क्याफेमा मिनि लाइब्रेरिसमेत भएको हुँदा यसको छुट्टै महत्व बढेको छ । नयाँ–पुराना किताब र्याकमा छन् । ग्राहकलाई जुन मन पर्यो त्यो पढ्न छुट छ ।
गुरुङले नाम जुराउन धेरै सोचे । पहाडी जीवनमा फलैँचा थकित भएर बस्ने दोबाटोको आराम गर्ने थलो हो । जहाँ गोठालो, भरिया देखि गन्तव्यमा लम्किरहेका बटुवा भेटिन्छन्  । र, एकैछिन सुस्ताउँदै मनको बह पोख्छन् । उनले यहि सोचेर साथिहरुबीच जम्काभेट हुने र भेट गरेर गफिँदै रम्ने थलो बनाए । जसको नाम दिए ‘चिया गफ अनि साथी’

cafe falicha
आज यहि चियाको बहानामा साथीहरुसँग गफ गर्न विहान देखि बेलुकासम्म क्याफेमा भिड लाग्न थालेको छ । हिजो चल्दैन कि भन्ने दिव्यले आज स्टाफ थपेका छन् । सहकर्मी सन्दिप पौडेललाई व्यवसायमा साथीको रुपमा भित्र्याएका छन् । पाँच जनाको क्याफे परिवार यहिँको आम्दानीले पालेको छ भने बैँकबाट लिएको सानो ऋणको किस्ता पनि यहिको आम्दानीले तिरिरहेको गुरुङ बताउँछन् । सानो चेपबाट तीन ठुला सटरमा विस्तार भएको क्याफे विजनेशमा धेरै लगानी नभए पनि करिव ८ लाख खर्च भएको उनले सुनाए ।

87579881_1078446459178698_5596059524436852736_n

‘ठुलो लगानी गरेर हौसिएको थिएँ भने म आज यहाँसम्म कहाँ आउँथे होला र ?’ उनले सुनाए– ‘विजनेशमा ठुलो लगानी गरेर ह्वात्तै कमाउने सोच राख्नु भन्दा सानो पुँजिबाट विस्तारै उठ्न सिक्नुचाहि महत्वपुर्ण कुरा रहेछ भन्ने बुझ्न एक वर्ष लाग्यो । ’
अब पर्यटनसँग जोड्न उनि हरदिन तत्पर छन् । बेलाबेला पर्यटकीय संवाद गराउँदै आएका गुरुङसहितको टीमले पूर्वी क्षेत्रको सम्भाव्य पर्यटकीय गन्तव्यलाई क्याफेसँग जोडेर नवीन कार्यको थालनी गर्ने सोच बनाएका छन् । केहि समय पछि क्याफेको थप विस्तारसहित आकर्षक
साजसज्जामा समय दिने उनको योजना छ ।

84946947_1070207946669216_2269991761847779328_n 82543596_1047606115596066_3844110302467588096_n

83194744_1049769672046377_5557760678288162816_n