इटहरी / सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जतीय मुक्तिका लागि सङ्घीयता, वर्गीय मुक्तिका लागि समाजवाद भन्ने मूल नाराका साथ नगरस्तरीय प्रशिक्षण कार्यक्रम गरेको नेता पदम अधिकारीले जानकारी दिए ।
इटहरीमा आयोजित कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष हेमराज राई तथा सचिव पर्शुराम बस्नेतलगायतका नेताहरूले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सञ्जय सिंह, पदम अधिकारी, धु्रव सुब्बा र डि आर गुरुङले पार्टीको भावी कार्यदिशाको बारेमा बोलेका थिए । नेपालमा नाम मात्रको सङ्घीयता आएको तर, खास सङ्घीयता आइनपुगेको नेताहरूको तर्क थियो ।
उपाध्यक्ष राईले सरकारमा जाँदा गरेको लिखित सहमति कार्यान्वयनको चरणमा रहेकोले नआत्तिन कार्यकर्तालाई आग्रह गरेका थिए । पार्टीको सङ्गठन बिस्तार र पार्टी सुदृढीकरणका लागि देशव्यापी कार्यक्रम गरिने नेता अधिकारीले प्रदेश पोर्टललाई जानकारी दिए ।