१५ फागुल्नबाट धरान १२ को पब्लिक स्कुलको खेलमैदानमा १० दिने औद्योगिक व्यापार मेला संचालन भईरहेको छ । यो बेला २४ गतेसम्म संचालन हुने छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा संचालन भईरहेको मेलाको बिषयमा केन्द्रित भएर प्रदेश पोर्टल डटकमका लागि खिलानाथ बिकले सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटासंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
अहिले मेला कस्तो चलिहरको छ ?
मेला शनिवारसम्म सामान्य तरिकाले संचालन भयो । बुढासुब्बा गोल्डकपले गर्दा पनि हामीले सोचे जस्तो गरि मेलाले गति लिन सकेन । अब आज(आइतवार)बाट मेलाले राम्रो गति लिन्छ भन्ने विश्वास छ ।
मेला गर्नुको उद्धेश्य के हो ?
मेला लगाउनुको मुख्य उद्धेश्य भनेको स्थानिय उत्पादन देखी कृषि उत्पादन र आर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नु हो । ती उत्पादनको बजारीकरण गर्नु हो । साथै अन्य स्वदेशी तथा विदेशी उत्पादनहरुलाई पनि उपभोक्ता माझमा प्रर्दशन गर्नु हो । यो मेलाले स्थानीय उत्पादनसंगै पर्यटनको विकासमा टेवा पुर्याउनलाई धरान र आसपास क्षेत्रका पर्यटकिय गन्तब्यहरुलाई देश विदेशसम्म प्रचारका माध्यमबाट पुर्याउनु पनि हो । अर्को तर्फ देशभरीका लगानी कर्ताहरुलाई धरान बोलाएर लगानीका लागि आवश्यक वातावरण सृजना गर्नका लागि पनि मेलाको आयोजना गरिएको हो । मेलामा नेपालकै उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको छ । जसमा जुत्ता चप्पलका नौ वटा नेपालकै कम्पनीले आफ्ना उत्पादनमा मेलामा राखेका छन् ।
अन्य मेला भन्दा यो मेलामा के फरक छ ?
अन्य मेला भन्दा यो मेला धेरै फरक छ । अरु मेलामा औधोगिक व्यापार मेला भनेर उधोग उत्पादनको प्रमोट गर्ने भनेर मेला आयोजना गरिएकै छैन । अन्य मेलामा सबै उत्पादनलाई समेटेको हुँदैन एकै प्रकारका उत्पादनको मात्रै प्रर्दशनी हुन्छ । त्यसैले यो मेला अन्य प्रर्दशनी मेला भन्दा धेरै फरक रहेको छ ।
दैनिक कति अबलोकन कर्ता आइ रहेका छन ? आर्थिक कारोवार कस्तो भईरहेको छ ?
प्राय मेलामा एक दुई दिन त कमै अवलोकनकर्ता आउछन् । तर हामीले दैनिक ५ देखी ७ हजारको अपेक्षा राखेको छौँ । उद्घाटनको दिन अपेक्षाकृत उपस्थिति भएन् । मेलाको दोस्रो दिनदेखी अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको छ । आशा छ हामी लक्ष्यमा पुग्नेछौँ । हामीले दैनिक आर्थिक कारोवारको लेखाजोखा राख्छौँँ । आशा छ हामीले राखेकोे लक्ष्यमा पुग्छौँ ।
धरान त पोखरा नामसँगै जोडिएको प्रदेश नम्बर १ को प्रर्यटकिय नगरी हो ? मेलामा यो नगरको कुन कुन पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गरिएको छ ?
हामीले काठमाण्डौँ , पोखरा गएर हाम्रोमा पर्यटन व्यवसायको ठुलो सम्भावना रहेको जानकारी गराएका छौँ । हामीले सुनसरीमा धार्मिक पर्यटकिय स्थल धेरै छन भनेर जानकारी गराएका छौँ । यहाँ सम्भावना बोकेका सबै पर्यटकिय स्थलको प्रचारप्रसार गरेका छौँ । हामीले पर्यटनलाई मध्येनजर गरेर काठमाण्डौ गएर चन्द्रगिरी केवुुलकार चलाउने प्रोप्राइटरसँग बसेर छलफल गरेका छौँ । हाम्रा माननीय जयकुमार राईूलाई लिएर छलफल गरेका छौँ । उहाँलाई एउटा केवुलकार संचालन गर्न अनुरोध गरेका छौँ । उहाँले ९० प्रतिशत म केवुलकार संचालन गर्न तयार रहेको वताउनु भएको छ । हामी यो मेलाको कुरा लिएर धरान बाहिर बिराटनगर, इटहरी, काठमाण्डौँ लगायत हरेक क्षेत्रमा गएर प्रचरप्रसार गरेका छौँ । यहाँको धार्मिक पर्यटकिय क्षेत्रदेखी लिएर यहाँ पर्यटक भित्र्याउन के गरिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालयसम्म गएर धरानमा पर्यटनको सम्भावना बारे कुरा राखेका छौँ जुन कुरा मेलाले गर्दा नै सम्भावना भएको हो ।

IMG_2711
यो मेलामा सहभागी हुन किन आउने ? मेला अवधि भरिमा कतिको आर्थिक कारोबार गर्ने लक्ष्य छ ? खर्च कटाएर बचेको रकमले के गर्ने योजना छ ?
हाम्रो देशभरी उत्पादन कस्तो कस्तो रहेछ ?घरेलु उत्पादनहरु कस्तो रहेछ के के रहेछ ? नेपाल बाहिरका पाकिस्तान, बङ्गलादेश, भारतको उत्पादन प्रर्दशनीमा राखिएको छ । त्यहाँ अवलोकन गरेपछि यहाँका उधोगी व्यवसायीले पनि त्यस्तो उत्पादन गर्न सक्छन भन्ने उदेश्यले यस मेलाको अवलोकन गर्न आउँछन भन्ने अपेक्षा राखेका छौँ । हामीले महोत्सव उद्घाटनको दिन उधोगी व्यवसायीहरुको प्रतिनिधिम्लक संस्था उधोग बाणिज्य संघका नगर, जिल्ला, प्रदेश र महासंघका अध्यक्ष साथै चन्द्रगिरी हिलका अध्यक्ष लगायत ठुला व्यवसायीहरुलाई हामीले धरान ल्यायौँ । उहाँहरुलाई भन्यौ र दैखायौँ यहाँ पर्यटन लगायत उधोगको सम्भावना देखाएर लगानी गर्न आग्रह ग¥यौँँ । यहीँ मेलाको कारणले पूर्वदेखी पश्चिमसम्मका ठुला व्यवसायीहरुलाई धरानमा ल्याएर प्रत्यक्ष अवलोकन गर्ने वातावरण वनायौँँ । यो मेलामा नेपालका प्राय ठाउँको स्थानिय उतपादनहरुको प्रर्दशनी भएकोले यहाँ त्यही प्रर्दशनीका अवलोकन गर्न अवलोकनकर्ता आउने हो । यस मेलाको अवधि भरमा हामीले लगभग २ करोड सम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखेका छौँ । सुनसरी उधोग बाणिजय संघ पहिलेदखी अहिलेसम्म सामाजिक कार्यमा सक्रिय रहेको छ । कुनैपनि ठाउँमा दैविक प्रकोप भएमा यसले व्यवस्थापनमा कसुर बाँकी राख्दैन । अहिले यो प्रर्दशनीको केही रकम बच्यो भने भइपरि आउने घट्नाहरुमा राहत वितरण गर्दछौँ ।सामाजि कार्य गर्ने हाम्रो दायित्व हो यस्तै सामाजिक कार्यहरु गर्दछौँ ।
मेलाले स्थानिय कृषि, कला, संस्कृति, जातिय संस्कार, खानाका परिकारहरुलाई कतिको प्रोत्साहन गरिएको छ नि ?
हाम्रो उद्धेश्य नै स्थानिय , कला, संस्कृतिलाई उजागर गर्ने हो । जातिय संस्कार खानाका परिकारहरुलाई प्रोत्साहन गर्ने भएकोले हामीले सकेसम्म यि सबै कुराहरुलाई समेट्ने प्रयास गरेका छौँ । खानाका परिकारहरु विशेष गरेर धरानमा उत्पादन हुनेलाई नै बिषेश प्राथमिकतामा राखेका छौं ।
यो मेला पछि धरानको व्यापार व्यवसाय र पर्यटन विकासमा के परिवर्तन आउँछ भन्ने अपेक्षा राख्नु भएको छ ?
हामीले यो मेलाको उद्घाटनमा नेपालका उधोगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था उधोग बाणिज्य संघको नेपाललै भरिका हरेक नगर, जिल्ला प्रदेश र केन्द्रका प्रतिनिधिहरुलाई साथै नेपालका ठुला लगानीकार्ताहरुलाई ल्यायौँ । यतिमात्रै नभएर अन्र्तराष्ट्रिय उधोगीहरुलाई पनि प्रर्दशनीमा आमन्त्रण गरेका छौँ र आउनु भएको छ । यो मेलाको अवसरमा उहाँहरु २ दिन सम्म यहाँको सामान्य उधोग साथै पर्यटन विकासको लागी सम्भाव्यता अध्ययन पनि गर्नु भएको छ । ६० जना भन्दा बढि व्यवसायीहरु हामी प्रति सकारात्मक हुन्ुभएको बुझेका छौँ । आशा छ उतिहरु मध्ये १० जानलाई यहाँ लगानी गरेर आउन् भयो भने हाम्रो लागी राम्रो हो । आशा यो प्रर्दशनीले सकारात्मक प्रभाव पर्ने छ ।

IMG_2736
मेलामा पहाडी क्षेत्रहरुलाई समेटुनु भएको छ की छैन ? पहाडी व्यवसायीहरुलाई केही सहुलियत दिनु भएको छ ?
हामीले पहाड, हिमाल तराई सबै क्षेत्रलाई समेटेने प्रयास गरेका छौँ । हामीले यो मेलामा पहाडमा व्यवसायीहरुलाई हरेक कुरामा सहुलियत दिएका छौँ । विकट क्षेत्रबाट आउनेहरुका लागी स्टल दर्तामा ५० प्रतिशत सम्म छुट दिएका छौँ । व्यवसाय उत्साहजनक भयो भने आगामी दिनमा आयोजना गर्दा उहाँहरु खेज्दै आफै आउन थाल्नु हुन्छ ।
नेपाल र बाहिरका गरेर जम्मा कतिवटा स्टलहरु रहेका छन ? नेपाल बाहिरका व्यवसायीका लागी कस्तो व्यवस्था छ ?
हामीले पहिले विभिन्न क्षेत्रलाई समेटेर जम्मा ८८ वटा स्टलको व्यवस्था गरेका थियौँ पछि केही आवश्यता परेपछि ५ वटा थप गरेक छौँ । अहिले जम्मा ९३ वटा स्टल रहेका छन् । यि मध्ये मेलामा बैक तथा वित्तिय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका, अल्लो, ह्याण्डीक्राप्टका ८ वटा, नर्सरीका २ वटा, महका ४ वटा, गार्मेन्टका ५ वटा, अर्ग्यानिक अचार, चिया, ललिपको ९ वटा, अन्तराष्ट्रिय उत्पादन भारत, पाकिस्तान, बंगलादेशका १४ वटा, पुस्तक तथा स्टेशनरीका २ वटा, थोपा सिचाईको १ वटा, स्थानिय भवन निर्माणको १ वटा, भवन निर्माण कम्पनी आरएमसीको १ वटा, अटोमोवाईलका २ वटा, आइसक्रिमका २ वटा, बराहा ग्रुपको ६ वटा, विस्कुटको १ वटा, चाउचाउको २ वटा, स्वास्थ्य, पर्यटन, चित्रकलाका ३ वटा, दुगड फुडसको २ वटा, कस्मेटिकको १ वटा, प्लाष्टिकको भाडाको ३ वटा, वाईनको १ वटा, दुग्ध विकास संस्थानको १ वटा, कार्पेटको २ वटा र शैक्षिक संस्थाको १ वटा अन्य रहेका छन । हामीले स्थानिय, आग्र्यानिक बस्तुहरुका लागी गरेर १५ वटा जति त निशुल्क व्यवस्था गरेका छौँ । बिदेशी स्टलको हकमा चाही नेपालका भन्दा अलिक बढि व्यवस्था गरेका छौ ।
अन्त्यमा
हामीले मेलामा बिहानदखी ५ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था गरेक छौँ । यो समयमा आएर कहाँ कहाँका के के बस्तुहरुको प्रदैशनीमा राखिएको छ । अवलोकन गर्नुहोस । स्थानिय उत्पालनलाई प्राथमिकता दिनुहोस । आफ्नो आवश्यकताको वस्तु मेलामा छ की छैन अवलोकन गरेर जानुहोस ।

IMG_2733