इलामःधार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ इलामको माईपोखरी । सन् २००८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणापछि यहाँ पर्यटक एवम् दर्शनार्थीको चाप बढ्दै गएको पाइन्छ । नौवटा कुनामा पैmलिएको इलामको माईपोखरीलाई प्रकृतिको सुन्दरताका रूपमा लिइने गरिन्छ । यहाँ बलिप्रथा निषेध रहेको यस क्षेत्रलाई साक्षात् देवीको रूपमा पूजा गरिँदै आएको छ । यस क्षेत्रमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने मात्र प्रचलन रहेको । र कुनै काटमार गर्न नपाँइने पुजारी सिताराम पौडेल बताउँछन ।
द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनवासमा रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने भनाइ पनि छ । माईपोखरीलाई हिन्दू, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजा अर्चना र मेला लाग्ने प्रचलन छ । सबै धर्म संस्कृतिको संगम रहेको माईपोखरीले सिंगो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने कुरा इतिहासविद् बताउँछन् ।
माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, , १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायतका वनस्पति पाइन्छन् । यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० भन्दा बढी प्रजातिका चराचुरुंगीहरू रहेका छन् । माईपोखरीमा खासगरी धार्मिक आस्थाका , प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावरणीय पक्षको अध्ययन, अनुसन्धान, गर्न मानिसहरू आउने गरेको मेची पहाडी क्षेत्र पर्यटन प्रवर्दन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौराली बताउँछन । माईपोखरीमा निलो पानी देखिन्छ । घाम लागेको बेला आकाश र बादलको छायाँ पोखरीमा छर्लङ्ग देख्न सकिन्छ । पोखरी वरिपरि सुन्दर सल्लाको वन पानीमूनि देख्न सकिन्छ । प्रदेश नं. १ मा पर्ने पूर्वि पहाडी जिल्ला इलामको सन्दकपुर गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर पनि मानिन्छ । माइपोखरी सिमसार जैविक विविधतामा धनी छ । समुद्री सतहबाट करिब २१ सय मिटर उचाइको यहाँ समशीतोष्ण हावापानी पाइन्छ । यहाँ बढीमा १८ डिग्री र कम्तीमा २ डिग्री सेल्सियस तापक्रम हुने गर्दछ । दुई वर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ । मेची राजमार्ग को विव्ल्याँटे बजारबाट करिव १३ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्र जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । रामसार सुचिमा सुुुचीकृृत माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । करिब १ सय ८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरीपुर्ण यो पोखरीको एक कुनाबाट अरु सबै कुना देख्न भने सकिँदैन ।