धरानः होटल व्यवसाय समिति धरानले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्ने होटल व्यवसाय चौपट्ट भएकाले बैंकको व्याज छुटको व्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय सरकारसंग माग गरेको छ । समितिका संयोजक एव्म धरान उपमहानगरका पूर्व मेयर मनोज कुमार मेन्या¨बोले एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै सो माग गरेका हुन् । उनले समितिका तर्फबाट प्रकाशन गरेको प्रेस विज्ञप्ती र संघीय, प्रदेश तथा स्थानीय सरकारसंग गरिएका माग यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
धरानलाई १ नं. प्रदेशको पर्यटनको हब बनाउने हामी सबैको साझा प्रयास हो । र पर्यटनको प्रमुख आधार होटल व्यवसाय हो । कुनै स्थानको पर्यटनको अवस्था कस्तो छ भन्ने त्यो ठाउ“को होटलको प्रचुरता र स्तरले दर्शाउछ । जुन ठाउ“मा प्रसस्त र धेरै स्तरका होटल हुन्छन् त्यो क्षेत्रको पर्यटनको अवस्था त्यत्ति नै राम्रो रहेको मान्न सकिन्छ । तर, धरानमा होटलहरुको व्यवसायीक स्तर उठ्न भने सकेन । होटलमा लगानीको वातावरण र भएका होटलहरुले पनि आफ्नो व्यवसायिक विकास गर्न सकेका छैनन् । यो दुर्भाग्यपूर्ण अवस्था हो । यसैले हामीले धरानको पर्यटकीय अवस्था वृद्धि गर्न सकेनौं भन्ने दर्शाउछ । यसले यहा“को पर्यटन विकासका लागि नीजि क्षेत्रले मात्र होइन राज्य र स्थानीय तहको उदाशिनता र दूरदृष्टि पनि पर्यटन विकास मैत्री बन्न सकेन भन्ने दृष्टान्त दिन्छ ।
अब पनि हामीले वर्तमान परिस्थितिबाट माथि उठ्ने अवधारणा विकास गर्न सकेनौं भने यहा“को पर्यटनमार्पmत् हुने आर्थिक विकास अघि बढ्न सक्दैन । त्यसका लागि हामी सबै गम्भीर बन्नै पर्दछ । यही गम्भीरतालाई मध्यनजर गरेर होटल सञ्चालकहरु संगठित बन्दै होटल व्यवसायी समिति धरान गठन गरिएको जानकारी गराउन चाहन्छु ।
यो समितिले होटल व्यवसायको विकास र धरानको पर्यटन वृद्धिका लागि तत्कालिन तथा दीर्घकालीन कार्यक्रमहरु पनि तय गरेको र गर्नेछ । होटलहरुको स्तरोन्नती, कर्मचारीको क्षमता विकास, धरानको प्रवर्धन, धरानमा रात्रीकालीन बजार विस्तार, प्रवर्धनात्मक सामग्री प्रकाशन, धरान बाहिर धरानको प्रचार, गाइड तयार जस्ता कार्यक्रम गरेर जानेछ । यसैगरी वर्तमान विषम परिस्थितिमा होटलको भवनलाई क्वारेन्टाइनमा समेत बदल्नुपर्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै केही महिनाका लागि घरभाडामा छुट दिन हुन घरवालालाई अनुरोध समेत गर्नेछौं । उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघमार्फत् घरवालाहरुलाई यो कोरोना सन्त्रासको समयको घरभाडामा छुट गरिदिनु हुन समेत आग्रह गरिनेछ ।
विगतमा मुलुकमा चलेको द्वन्द्व, संविधान निर्माणको अवस्था, भारतीय नाकाबन्दी, भूकम्प, कोशीको बा“ध कटानका कारण धराशायी बनेको धरानको होटल व्यवसाय गत वर्षको डेंगु र हाल विश्वव्यापी कोरोना भाइरसको संक्रमणले झनै अस्तव्यस्त बनेको छ । यहा“को होटल व्यवसायका बारेमा राज्यले तत्काल सम्बोधन नगर्ने हो भने यहा“को पर्यटन उठ्नै नसक्ने गरी थला पर्ने अवस्था सिर्जना हुने सम्भावना देखिएको छ । यसका लागि सबैले सचेत भएर गम्भीरताका साथ लाग्न जरुरी छ ।
एकातिर पर्यटन केन्द्र (हब) बनाउने भन्ने अर्काे तर्फ सुरक्षाका कारण देखाउदै सम्साझैं बन्द हुने धरानको चरित्रले यहा“को पर्यटन उठ्न सक्दैन । त्यसका लागि हामी सचेतनाका साथ एकिकृत भएर अघि बढ्न जरुरी छ । धरानको पर्यटकीय विकासका लागि पनि सरकार, नीजि क्षेत्र र नागरिक एक भएर अघि बढ्नुको विकल्प छैन । यसै कारण पनि हामी एकजुट भएर हाम्रो हकहित र यो क्षेत्रको विकासका लागि संगठित भएका छौं । यहा“को पर्यटन विकासका लागि हामी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारस“ग सहकार्य गर्दै हातेमालो गरेर अघि बढ्न समेत तयार रहेको अवगत गराउन चाहन्छु ।
यसैगरी यस समितिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार (धरान उपमहानगरपालिका) समक्ष निम्न मागसहित ज्ञापन पत्र बुझाउने कार्य गर्ने पनि जानकारी गराउन चाहन्छु ।

संघीय सरकारसमक्ष ज्ञापन पत्र
१) होटेलका नाममा रहेको बैंक व्याज छुट गरिदिनु हुन ।
२) कोरोना भाइरसको प्रभाव रहुन्जेल बैंक किस्ताका लागि तगादा नगर्न तथा किस्ता सहुलियत गरिदिनु हुन ।
३) धरानको पर्यटन विकासका लागि पूर्वाधारमा लगानीका लागि मन्त्रालय तथा विभागमा एवं पर्यटन वोर्डमा समन्वय गर्दै लगानी गरिदिनु हुन ।
४) धरानको पर्यटन विकासका लागि यस समितिलाई साझेदारका रुपमा सुचिकृत गर्दै संघीय सरकारबाट यस क्षेत्रमा हुने लगानी तथा कार्यक्रममा साझेदारका रुपमा लिनु हुन ।

प्रदेश सरकारसमक्ष ज्ञापन पत्र
१) प्रदेश सरकारले घोषणा गरेको धरानलाई पर्यटन क्षेत्र घोषणा कार्यक्रम तुरुन्त लागु गर्न हुन ।
२) प्रदेश सरकारले निर्णय गरेको धरानमा पर्यटन निर्देशनालय कार्यालय स्थापना गर्ने कार्यक्रम तुरुन्त लागु गर्नु हुन ।
३) पर्यटन क्षेत्र घोषणा भएपछि सो अनुसारको पूर्वाधार विकासमा लगानी गर्न हुन ।
४) प्रदेश सरकारले आयोजना गर्ने बैठक, सभा, तालिम, गोष्ठीलाई प्रदेश राजधानीमा मात्र केन्द्रिकृत नगरी त्यस्ता कार्यक्रमहरु धरानमा समेत आयोजना गराउन हुन ।
५) प्रदेश नं. १ को पर्यटकीय नक्सा, गाइड बुक, पर्यटकीय बुकलेट प्रकाशन गर्न हुन ।
६) धरानलाई माउण्टेन टुरिजमको हबका रुपमा विकास गर्न हुन ।
७) प्रदेश नं. १ को पर्यटकीय प्रोडक्टहरु चाडो छनौट गरी सो अनुकूल प्याकेजिङ, मार्केटिङ र टार्गेट ग्रुप पहिचानको कार्यक्रम लागु गर्न हुन ।
८) धरानबाट कोलकाता, धरानबाट पटना, धरानबाट गान्तोक एवम् क्रस बोर्डर यातायात संचालनको पहल गर्दै यातायात सञ्चालन चालु गर्न हुन ।
९) धरानलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हुनाले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा प्रदान गर्दै विशेष पर्यटकीय गतिबिधी हुने क्षेत्रमा राती १२ बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण निर्माण गर्दै सो क्षेत्रमा १२ बजेसम्म निर्बाध व्यवसाय संचालन हुने गरी शान्ति सुरक्षा प्रदान गर्न हुन ।

स्थानीय सरकार (उपमहानगरपालिका) समक्ष ज्ञापन पत्र
१) धरानको पर्यटन व्यवसाय गम्भीर संकटमा परेको हु“दा यहा“को पर्यटन व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गर्दै सो को निवारणका लागि तुरुन्त राहत प्याकेज घोषणा गर्न तथा कर, शुल्क, दस्तुरहरु छुट गराइदिनु हुन ।
२) धरानलाई प्रदेश नं. १ को पर्यटनको हब निर्माणमा पहल गर्न हुन ।
३) धरानमा तत्काल पर्यटक सूचना केन्द्र स्थापना गर्न हुन ।
४) धरानको पर्यटन विकास र प्रवर्धनका लागि यो समितिलाई साझेदारका रुपमा सूचिकृत गर्दै सहकार्य गर्न हुन ।
५) धरानभित्र र धरान वरपरका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी धार्मिक, पर्या–पर्यटन, सांस्कृतिक, साहसिक पर्यटन क्षेत्र पहिचान गर्दै सूचीकरण गर्न तथा ती क्षेत्रको विकासमा योजनाबद्ध लगानी गर्न हुन ।
६) धरानका होटलहरु खानेपानीको अभावमा समस्याग्रस्त रहेकोले एकिकृत सहरी विकास आयोजनाबाट चालु भएको खानेपानी धरानका होटलहरुमा तत्काल वितरणको प्रबन्ध गर्न हुन तथा होटलहरुलाई आवश्यकता अनुसार धारा प्रदान गर्न हुन ।
७) नगर क्ष्ँेत्रमा संचालन हुने सार्वजनिक यातायातको व्यवस्थापन तथा भाडादरमा एकरुपता लागु गराउन हुन । ती यातायात चालक तथा यातायातकर्मीहरुलाई पर्यटकमैत्री बनाउने वातावरणको कार्यक्रम संचालन गर्न हुन ।
८) धरानको विकास तथा पर्यटन विकासका लागि दीर्घकालीन दृष्टि तथा माष्टर प्लान तत्काल निर्माण गर्दै माष्टर प्लान अनुसार कार्यक्रम संचालन तथा पूर्वाधार निर्माण गर्न हुन ।
९) धरान १५ मा रहेको बगरकोटलाई रात्रीकालीन पर्यटकीय गतिबिधी सञ्चालनयोग्य क्षेत्रका रुपमा घोषणा गर्दै सो क्षेत्रमा रात्री १२ बजेसम्म पर्यटकीय गतिबिधी,÷व्यवसाय संचालनको वातावरण तयार गर्दै शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्ने वातावरणका लागि पहल गर्न हुन ।
१०) धरान आउने पर्यटकको बसाइ लम्याउन तथा सांयकालीन गतिबिधी सञ्चालन गर्दै पर्यटकको मनोरञ्जन तथा अतिरिक्त पर्यटकीय क्रियाकलाप तथा साना व्यवसायीहरुको आर्थिक सुदृढीकरण गर्दै नगरको आय समेत बढ्ने गरी धरानको भानुचोकमा रात्रीकालीन बजार संचालनको योजना तत्काल लागु गर्न हुन ।
११) वर्तमान कोरोना भाइरसको संक्रमणबाट विश्वमा नै आइपरेको समस्याले धरानको होटल व्यवसाय अत्यन्त संकटमा परेको हुनाले व्यवसाय सञ्चालन गर्न नसक्ने भएको कारण बहालमा घर लिएर बसेका होटलहरुको राहतका लागि सम्बन्धित घरधनीहरुले यो समस्या अवधिका लागि घरभाडामा छुट गरिदिने वातावरण तयार गरिदिनु हुन ।